नेपाली कांग्रेस नेतृ लिम्बुलाई चार झण्डा ओढाई, तमोर नदीमा अन्त्यष्टि
प्रकाशित २०७५ मंसिर ११ मंगलबार
288
Shares
धनकुटा । सोमबार राति निधन भएकी नेपाली कांग्रेस धनकुटाकी नेतृ तथा चौविसे गाँउपालिका वडा नं. ७ की निर्वाचित वडा सदस्य सन्तकुमारी लिम्बु(चेम्जोङ्ग)को मंगलबार धनकुटाको मुलघाट स्थित तमोरनदीमा चार तारे झण्डा अढाई सम्मान पूर्वक अन्त्यष्टि गरिएको छ ।
नेपाली कांग्रेस धनकुटको तर्फबाट नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,महासमिति सदस्यद्धय तलित वहादुर चेम्जोङ्ग,दुर्गा वहादुर सुवेदी,जिल्ला सदस्य हर्कमान चेम्जोङ्ग,क्षेत्रिय सभापति जितेन्द्र राई,पूर्व जिल्ला सदस्य पदम राई,दिनेश भण्डारी,नेपाल शिक्षक संघ प्रदेश नम्वर १ का उपाध्यक्ष गंगा ढुंगाना,नेपाल तरुण दलका नेता प्रेम मुकारुम राईले नेपाली कांग्रेस धनकुटकी नेतृ सन्त कुमारी लिम्बुको पार्थिव शरिरमा पार्टीको चार तारे झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली दिई सम्मान व्यक्त गरेपछि उहाको धनकुटाको मुलघाट स्थित तमोरनदीमा अन्त्यष्टि गरिएको हो ।
सो अवसरमा नेकपा धनकुटाका नेता तथा पूर्व सांसद टिकारम चेम्जोङ्ग,संघिय समाजवादी फोरम नेपाल धनकुटाका नेता कृष्ण गोविन्द्र चेम्जोङ्ग, तत्कालिन मौनावुधुकका पूर्व गाविसका पूर्व अध्यक्ष मान वहादुर लिम्बु,धनकुटा जिल्ला समन्वय समितिका सदस्य सिता राई,चौविसे गाउपालिका वडा नं.३ का वडाध्यक्ष हेम चन्द्र(तुम्सा) लिम्बु,वडा नं. ४ का वडाध्यक्ष जिवन तामाङ्ग,वडा नं. ५ का वडाध्यक्ष पदम देवान,वडा नं.८का वडाध्यक्ष धन वहादुर लिम्बु,सागुरीगढी गाउपालिका वडा नं. २ का वडाध्यक्ष दल वहादुर इङ्गनाम,नेपाली कांग्रेस सागुरीगढीका संयोजक तथा वडा नं. ६ का वडाध्यक्ष दिपक मगर,आदिवासी जनजाती महासंघ धनकुटका अध्यक्ष सञ्जय सन्तोषी राई,चौविसेका समाजसेवी राजकुमारी तावली,बुधुक उच्च माविका प्रचार्य तिल विक्रम लिम्बु लगायतले स्वर्गीय लिम्बुको पार्थिव शरिरमा फुलमाला लगाई लिई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
यसैगरी नेपाली कांग्रेस सागुरीगढी गाउपालिका निर्देशक तथा समन्वय समितिका सदस्य सचिव मणि चेम्जोङ्ग,नेपाल विति कर्मचारी संस्था धनकुटाका अध्यक्ष पूर्ण याम्फु,नेपाली कांग्रेस बोधेका सभापति मेख वहादुर थापा,बसन्तटारका सभापति नवराज राय,पूर्व सभापति बखत वहादुर भट्टराई,नेपाल शिक्षक संघ सागुरीगढी गाउपालिकाका अध्यक्ष कुल प्रसाद दाहाल,चौविसेगाउपालिका शिक्षक संघका डेगराज बन,नेपाल महिला संघका क्षेत्रिय कोषाध्यक्ष संगिता वराल,महिला मानव अधिकारकर्मी हिमा चेम्जोङ्ग लागायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु,आफन्तजन तथा मलामीजनले नेतृ स्वर्गीय सन्तकुमारी लिम्बुको पार्थिव शरिरमा फुलमाला तथा खादा लगाई दिई श्रद्धाञ्जली व्यक्त गरेका थिए । स्वर्गीय नेतृ सन्तकुमारी लिम्बुको जिवनी नेपाल शिक्षक संघ प्रदेश नम्वर १ का उपाध्यक्ष गंगा ढुंगानाले बाचन गरेका थिए ।
२०१७ साल कार्तिक १७ गते जन्मनु भएकी नेपाली कांग्रेस धनकुटकी नेतृ सन्त कुमारी लिम्बु लामो समय देखी उच्च रत्तचापको उपचार गराईरहेकोमा गएराती करीव ७ बजे तिर उहाकै निवास चौविसे गाउपालिका वडा नं. ७ स्थित मौनावुधुकमा असामयिक निधन भएको थियो ।