arrow

निर्मलाको हत्यारा पत्ता लगाउन सरकार उदासीन : डाक्टर गोबिन्द केसी

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७५ मंसिर ११ मंगलबार
govinda-kc-kanchapur.jpg

कञ्चनपुर। बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै जारी अनसनमा ऐक्यवद्धता जनाउँन डाक्टर गोबिन्द केसी कञ्चनपुर पुगेका छन्। निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै सुरु गरिएको धर्नामा आफनो ऐक्यबद्धता जाहेर गर्न मंगलबार महेन्द्रनगर पुगेका उनले आफू न्यायका लागि कञ्चनपुर आएको उनले बताए।

जिल्ला प्रशासन अगाडि धर्नामा बसेका निर्मलाकी कान्छी आमा लगायतलाई भेटेर अनसनमा ऐक्यबद्धता जनाएका छन्। केसीले सरकारले नै निर्मला पन्तका हत्यारा खोज्न सरकार उदासीन रहेको आरोप लगाएका छन्। घटना भएको चार महिना पुग्दासम्म पनि सरकारले अपराधीको पहिचान गर्न नसकेको भन्दै उनले सरकारलाई छिटो अपराधी पक्राउ गर्न माग गरका छन्।

निर्मलाका हत्यारा पत्ता लगाउन सरकारलाई तीन साताको अल्टिमेटम दिएको भोलिपल्ट डा. केसी अनसनस्थल पुगेका हुन्। डा. केसीले हत्यारा पक्राउ नगरे पुस ३ गतेदेखि आमरण अनसन चेतावनी दिएका थिए। चिकित्सा शिक्षामा सुधारको माग राख्दै पटक–पटक अनसनमा बसेका केसी न्यायको लागि कञ्चनपुर पुग्नुलाई महत्वका साथ हुरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ