arrow

उदयपुरको रिस्कुमा टिपर दुर्घटना, ३ को अबस्था गम्भीर

logo
प्रकाशित २०७५ मंसिर ११ मंगलबार
District-13-Udayapur-hamrakura.jpg.jpeg

उदयपुर। उदयपुरको कटारी नगरपालिका ५ रिस्कु तिनतलेमा मंगलबार दिउँसो टिपर दुर्घटना भएको छ। स्थानीय चौरीमा आयोजित फुटबल खेल हेर्ने युवाहरु बोकेर कटारीबाट आउँदै गरेको ना ३ ख ३२३९ नं. को टिपर सडकमा पल्टेर दुर्घटना हुँदा १४  यात्रु घाइते भएका हुन्। दुर्घटनाका १४  घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।

दुर्घटनामा परेकामध्ये कटारी नगरपालिका ५ का ६५ वर्षीय पदमलाल दनुवार, सोही ठाउँका २१ वर्षीय रामदास दनुवार र सोही ठाउँका ४५ वर्षीय रामदेव दनुवारको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी ध्रुबबहादुर श्रेष्ठले जानकारी दिए।

‘तीनैजना घाइतेलाई घट्नालगत्तै कटारी अस्पतालमा प्रारम्भिक उपचारपछि बिराटनगर पठाइएको छ, श्रेस्ठले भने। उनीहरुसँगै घाइते भएका अन्य ११ जनालाई पनि कटारी अस्पतालले बिराटनगर रेफर गरेको  छ। ३० जना सवार यात्रुमध्ये बाँकी सामान्य घाइतेको उपचार कटारी अस्पतालमै भइरहेको र केही घर फर्किसकेको प्रहरीले जनाएको छ।

टिपर  चालक कटारी नगरपालिकाकै १८ वर्षीय सुनिल मगर रहेको  प्रहरीले जनाएको छ र चालक मगर घटना लगतै फरार रहेको र खोजी भइरहेको छ। टिपर मालिक प्रेम श्रेष्ठलाई भने सुरक्षाका लागि नियन्त्रणमा लिएर इप्रकामै राखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ