arrow

‘अनलाइनमा भुल्ने हो ? काम गर्नु पर्दैन ?’ 

logo
 रामचन्द्र रायमाझी 
प्रकाशित २०७५ मंसिर १२ बुधबार
manohar-adhikari.jpg

पाल्पा । प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले जिल्लामा रहेका सरकारी कार्यालयका कर्मचारीहरुलाई कार्यालय समयमा अनलाइनमा बसेर समय खेर नफाल्न निर्देशन दिएका छन् । 

कार्यालयका कतिपय प्रमुखहरुले आफ्नो कार्यालयको वेवसाईड अपडेट भए नभएको बिषयमा महिनौ सम्म वास्ता नगर्ने अनि आफु कार्यालय समयमा फेसबुकमा च्याट गरेर बस्ने काम तत्काल रोक्न सबैलाई प्रजिअ खनालले  एक कार्यक्रममा निर्देशन दिएका हुन् । 

प्रजिअ खनाले भने, कार्यालयको समयमा जनताका काम नगर्ने र अनलाईनमै व्यस्त हुने कार्यले विकास निर्माणका साथै अन्य दैनिक काममा समेत समस्या पर्ने भएकाले त्यसो नगर्न निर्देशन दिएका छन् । 

जिल्ला स्थित सरकारी  कार्यालयका प्रमुख, सूचना अधिकारी र पत्रकारहरु बीच भएको  छलफल कार्यक्रममा जिल्लाका पत्रकारहरुले कार्यालय प्रमुखहरु अनलाईनमा व्यस्त हुने जनताका कामप्रति वास्ता नगर्ने गरेको आरोप लगाएपछि प्रजिअ खनालले सो निर्देशन दिएका हुन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ