arrow

कांग्रेसको जिल्ला सभापतिको भेला ककनीमा शुरु

logo
प्रकाशित २०७५ मंसिर १२ बुधबार

नुवाकोट । नेपाली कांग्रेसका जिल्ला सभापतिको दुई दिने भेला बुधबारजबाट ककनीमा शुरु भएको छ ।  प्रस्तावित विधान मस्यौदामाथि छलफल गर्न कांग्रेसका जिल्ला सभापति नुवाकोटको ककनीमा भेला भएका हुन् ।

महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको विधान मस्यौदा समितिले केन्द्रीय समितिमा गत आइतबार बुझाएको विधान मस्यौदामाथि छलफल गर्न भेला आयोजना गरिएको नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले जानकारी दिए ।

जिल्ला सभापतिकै पहलमा भएको यो भेलामा कांग्रेसका कोही पनि केन्द्रीय नेता सहभागी नभएको जिल्ला सभापति केसीले बताए । “विधानमाथि छलफल गर्न विशुद्ध सभापतिको मात्र भेला हो । यहाँ केन्द्रीय नेता कोही आउनुहुन्न ।”, उनले भने ।

विधान मस्यौदा समितिले तयार पारेको विधानमा उल्लेखित सङ्गठनात्मकलगायत विभिन्न विषयमा संशोधनको लागि ७७ वटै जिल्लाका सभापतिको साझा धारणा महासमितिमा लैजाने योजनासहित भेला सञ्चालन भएको जिल्ला सभापति केसीको भनाइ छ ।

कांग्रेसको महासमितिको बैठक आगामी पुस २० गतेबाट हुने तय भएको छ । महासमितिले विधान दुई तिहाइले पारित गरेपछि मात्र नयाँ विधान लागू हुने भएकाले महासमितिमा जिल्ला सभापतिको धारणा समान बनाउन ककनी भेलाले सहयोग पुग्ने कांग्रेसका जिल्ला सचिव सुरेन्द्रराज अधिकारीले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ