arrow

धनकुटा कांग्रेसका संस्थापक नेता निर्मलको स्मृती

logo
प्रकाशित २०७५ मंसिर १२ बुधबार
nirmal1.JPG

धनकुटा । नेपाली कांग्रेस धनकुटाका संस्थापक नेता तथा जिल्ला कार्य समितिका पूर्व उपसभापति स्वर्गीय निर्मल कुमार कर्माचार्यको बुधबार पहिलो स्मृतीमा श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

धनकुटा नगरपालिका वडा नं. ५  स्थित धनकुटा कांग्रेसका नेता स्वर्गीय निर्मल कर्माचार्यकै निवासमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा उनको फोटोमा माल्यपर्ण गरी नेपाली कांग्रेस धनकुटाका नेता तथा कार्यकर्ताहरु ,आफन्तजन,परिवाजन लगायत धनकुटा नगरवासीहरुले सम्मान पूर्वक श्रद्धाञ्जली अर्पण गरेका थिए ।

नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,नेपाली कांग्रेस धनकुटाका कोषाध्यष दिनेश राई, पूर्व कोषाध्यक्ष विकास प्रधान,समाजसेवी तथा सल्भ नेपालका कार्यकारी निर्देशक राजेन्द्र वहादुर प्रधान,नेपाली कांग्रेस धनकुट नगरपालिका वडा नं. ५ का वडाध्यक्ष तथा कांग्रेस वडा सभापति धन कुमार राई,नेपाल किसान संघ धनकुटका उपाध्यक्ष भेलानाथ घिमिरे लगायत,नेपाली कांग्रेस धनकुटका नेताहरु,आफन्तजन,परिवारजनलगायत सवै उस्थित महानुभावहरुले नेपाली कांग्रेस धनकुटाका पूर्व उपसभापति तथा धनकुटका काग्रेसका सर्वमान्य नेता स्वर्गीय निर्मल कुमार कर्माचार्यप्रति सम्मान पूर्व श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सो अवसरमा धनकुटा कांग्रेसका नेता स्वर्गीय निर्मल कुमार कर्माचार्यका छोराहरु आशिष कर्माचार्य,अभिषेक कर्मार्चा,भविशेक कर्माचार्य, उज्वल कर्माचार्य र छोरीहरु पूजा कर्माचार्य,नेहा कर्माचार्य र वहिनी इन्दु कर्माचार्य (प्रधान) लगायत आफन्तजनले  उहाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उपस्थित सवैलाई महानुभावहरुलाई प्रसाद वितरण गरेका थिए ।

नेपाली कांग्रेस धनकुटका संस्थापक  तथा धनकुटा कांग्रेसका सर्वमान्य नेता स्वर्गीय निर्मल कुमार कर्माचार्यले नेपाली कांग्रेस धनकुटाको संगठन विस्तार तथा सुदृढीकरणमा अतुलनीय योगदान दिएको र धनकुटाका कांग्रेसीजनहरुलाई  आपत विपत पर्दा समेत संरक्षण गरी अभिभावकत्व प्रदान गरेकोले नेपाली कांग्रेस धनकुटाका नेता तथा कार्यकर्ताहरुले उनलाई सधै सम्झिरहने र सम्मान गरीरहने नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राईले वताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ