arrow

हात्तीको आक्रमणबाट दुईको मृत्यु

logo
प्रकाशित २०७५ मंसिर १२ बुधबार
Running_wild_elephant_in_Sri_Lanka.JPG.jpeg

चितवन ।  माडीमा हात्तीको आक्रमणबाट बुधबार दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–९ बस्ने ३५ वर्षीया सुशीला भण्डारी र ६० वर्षीया त्रिष्णाकाली पौडेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दिउँसो घरबाट घाँस काट्नका लागि रिउखोलातर्फ जाने क्रममा उनीहरुलाई जङ्गली हात्तीले आक्रमण गरेको हो । हात्तीको आक्रमणबाट दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ