arrow

भरुवा बन्दुकमुक्त गाउँ

logo
प्रकाशित २०७५ मंसिर १२ बुधबार
bharuwa-banduk.jpg

रुकुम(पूर्व) ।पुथाउत्तरगङ्गा गाउँपालिका– १ र २ मैकोट गाउँ भरुवा बन्दुकमुक्त गरिएको छ ।  मैकोट गाउँबाट ५५ थान भरुवा बन्दुक सङ्कलन गरिएको बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ ।

बन्दुक स्थानीय वन तथा वन्यजन्तु संरक्षण समितिले १० वर्ष लगाएर सङ्कलन गरेको हो । प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको सक्रियता र स्थानीय वन तथा वन्यजन्तु संरक्षण समितिको प्रयासले हतियार सङ्कलन गर्न सफल भएको संरक्षण समितिका अध्यक्ष अमरधन पुनले बताए।

कम्तीमा पनि एउटालाई रु ५०-६० हजार मूल्यपर्ने ती बन्दुक सङ्कलन गर्दा प्रत्येक बन्दुक मालिकलाई रु १०-१० हजार नगद दिइएको उनले जानकारी दिए। बन्दुक सङ्कलन अभियानमा जम्मा रु छ लाख ५० हजार खर्च भएको बताइएको छ ।

 गाउँमा प्रायःजसो सबैसँग बन्दुक हुने भएपछि चोरी शिकारको काम र हिंसात्मक काम बढ्दै गइरहेको थियो । सङ्कलन गरिएका बन्दुक आजै जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व)मा सुरक्षित राखिने जनाइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ