arrow

करणीको आरोपमा दुई बलाकलाई पाँच वर्ष कैद फैसला

logo
नानीमैया कटवाल र अरुणकुमार यादव ,
प्रकाशित २०७५ मंसिर १२ बुधबार
child-jail.png

सप्तरी । बलात्कार आरोपमा संरक्षकको जिम्मामा रहेका दुई आरोपित बालकलाई जिल्ला अदालतले बुधबार जनही पाँच वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको एकल इजलासले बलात्कार गरेको कसुरमा १७ र १४ वर्षीय दुई जनालाई साढे दुई वर्ष र सामूहिक बलात्कार गरेको कसुरमा साढे दुई वर्ष गरी पाँच वर्ष कैद सजायको फैसला गरेको हो । आरोपितहरु बालक रहेकाले बालसुधारगृहमा राखिने न्यायाधीश ढुङ्गानाले बताए ।

सप्तरीको कञ्चनरूप नगरपालिका–९ रूपनगरस्थित विष्णु सामुदायिक वनभित्र ०७४ साल असार १७ गते आरोपितहरुले सामूहिक बलात्कार गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा उजुरी दर्ता गराएकी थिइन् । प्रहरीले सोही दिन आरोपितहरूलाई पक्राउ गरी कारवाही थालेको थियो ।

पक्राउ परेपछि दुवै बालकले गाई चराउन जङ्गल गएकी १८ वर्षीया युवतीले नै फोन गरी बोलाएर यौनसम्पर्क गर्न लगाएको र उनकै मोबाइलबाट भिडियो खिच्न लगाएको बताउँदै आएका छन् । भिडियो सार्वजनिक भएपछि पीडितकी आमाले आफूहरुमाथि झुटा उजुरी दिएको दोषीले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ