arrow

कांग्रेस केन्द्रीय कार्यसमिति सदस्यहरु ११ बजे भेट्दै, अभ्यास सहमतिको 

logo
प्रकाशित २०७५ मंसिर १३ बिहिबार
congress-office.jpg.gif

काठमाडौं । नेपाली कांग्रेस महासमिति बैठकको तयारीमा छ । मंसिर २८ देखि पुस ३ गतेसम्म काठमाडौंमा हुने महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगिरहँदा यसकै तयारी र विधानको मस्यौदालाई अन्तिम रुप दिन केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्दैछ । 

बैठक बिहीबार बिहान ११ बजे पार्टी कार्यालय बीपीनगर सानेपामा बस्न लागेको पार्टी कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 


नेताहरुबीच विवाद भइरहँदा महासमिति बैठकमा पेश गर्ने संशोधित विधानको मस्यौदालाई अन्तिम रुप दिन सकिएको छैन ।  

गत मंसिर ७ गतेको बैठकमा विधान मस्यौदा समितिले पेश गरेको विधान मस्यौदा बैठकमा प्रस्तुत हुन लागेको हो । 

गत बैठकमा केन्द्रीय सदस्यहरुलाई मस्यौदा प्रस्ताव अध्ययनका लागि बाँडिएको थियो । बिहीबारको बैठकमा केन्द्रीय सदस्यहरुले बुँदागत रुपमै सहमति–असहमति र सुझाव प्रस्तुत गर्नेछन् । 

फरक मतसहित आएका विषयमा बुँदागत रुपमा छलफल गरी निष्कर्षमा पुग्ने विश्वास नेताहरुले लिएका छन् । 

विधानको किचलो अन्त्यका लागि नुवाकोटको ककनीमा ६४ जिल्लाका जिल्ला सभापतिहरु एक ढिक्का भइरहेका छन् । बुधबारदेखि जारी जिल्ला सभापति भेलाले जिल्ला सभापतिहरुको अधिकार कटौती नगर्नका लागि बलियो अडान लिने बुझिएको छ । 

जिल्ला सभापतिहरुले गत असारमा हेटौंडामा भएको जिल्ला सभापति भेलाले पारित गरेका बुँदालाई संसोधित विधानमा समेट्नसमेत दवाव दिएका छन् । 

विधानको मस्यौदाबारे रणनीति बनाउन संस्थापन र इतर पक्षधर सदस्यहरु गुट उपगुट बनाएर आन्तरिक कसरतमा समेत रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ