arrow

चार दिन दैनिक कति लाख गाडी चल्दैनन् ?

logo
प्रकाशित २०७५ मंसिर १३ बिहिबार
ktm-jam-3.jpg

काठमाडौं। काठमाडौँ उपत्यकामा चल्ने गाडीमा आजदेखि चार दिनका लागि जोर बिजोर प्रणाली लागु भएको छ। एशिया प्याशिफिक सम्मेलनका लागि उपत्यकाका तीनजिल्लामा जोर बिजोर प्रणाली लागु गरिएको हो।

सम्मेलनका लागि विभिन्न देशका अतिविशिष्ट र विशिष्ट पाहुना आउने भएपछि मङ्सिर १३ देखि १६ गतेसम्म जोर बिजोर प्रणाली लागू गरेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । विभिन्न देशका अतिविशिष्ट र विशिष्ट व्यक्तिहरु आउने भन्दै गृह मन्त्रालयले आवागमन व्यवस्थित बनाउन जोर विजोर प्रणाली लागू गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएको हो। भोली शुक्रबारदेखि १७ गतेसम्म काठमाडौँमा हुने एशिया प्याशिफिक समिटका लागि विभिन्न देशका सरकार प्रमुख तथा उपप्रमुख सहभागि हुँदैछन् । मङ्सिर १३ र १५ गते बिजोर र मङ्सिर १४ तथा १६ गते जोर अंकका सवारीसाधन चलाउन पाइनेछ।
 
यी गाडीलाई भने जोर बिजोर प्रणालीले छुने छैन 
सर्वाजनिक, भाडाका र नीजि सवारीमा जोर बिजोर प्रणाली लागु गरिए पनि अत्यावश्यक सेवाका सवारीमा भने यो नियम लागु नहुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अस्पताल, दमकल, दूध बोक्ने, पेट्रोलीयम पदार्थ बोक्ने, सञ्चार माध्यम र शैक्षिक संस्था, सरकारी तथा संस्थानका गाडी, कुटनीतिक नियोग लगायतका अत्यावश्यकीय  सेवाका सवारी साधनमा भने जोर बिजोर प्रणाली लागु हुने छैन । त्यस्तै राजधानी बाहिर जाने लामो दुरीका बस र माइक्रोबसलाई पनि यो नियम लाग्ने छैन । तर ती सवारी साधन कलंकीबाट सीधै गोंगबु नयाँ बसपार्क आउने जाने गर्नुपर्नेछ । त्यस्तै कोटेश्वरबाट पूर्व जाने आउने लामोदुरीका गाडी पनि चक्रपथ भित्र छिर्न पाउने छैनन्। 

उपत्यकाको ट्राफिक होलो होला ? 
ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार बागमति अञ्चलमा १२ लाखको हाराहारीमा सवारी साधन दर्ता भएका छन्। उपत्यकाभित्र मात्रै दैनिक १० लाखको हाराहारीमा सवारी साधन चल्ने महाशाखाको अनुमान छ। यो संख्या, बाहिरबाट दैनिक राजधानी भित्रिने ५० हजार सवारी साधनको सख्ंया पनि जोडिएको छ।

जोर बिजोर प्रणाली लागु भएको अस्थामा, सोझो हिसाब गर्दा आधा जति गाडी त्यत्तिकै थन्किनेछन्। तर अत्यावश्यक, सरकारी, शैक्षिक संस्था लगायतका गाडीलाई यो नियम नलाग्ने भएका कारण, कूल संख्याको आधाभन्दा बढी अर्थात् ६ लाखजति सवारी साधन उपत्यकाभित्र दैनिक चल्ने महाशाखाका इन्सपेक्टर जितेश दाहालको दाबी छ। बाँकी ४ लाख गाडी भने अबको चार दिन उपत्यकामा चल्न पाउने छैनन् चाहे ती जोर नम्बरका हुन् या बिजोर। 

दैनिक १० लाख सवारी साधन गुड्ने उपत्यकाका तीन जिल्लामा दैनिक ४ लाख सवारी चल्न नपाउँदा उपत्यकाको ट्राफिक व्यवस्थापन केही होलो अवश्य हुने उनको दाबी छ। यसअघि चौथो बिमस्टेक सम्मेलनका लागि पनि गत भदौको १३, १४ र १५ गते काठमाडौँ उपत्यकामा जोरविजोर प्रणाली लागु गरिएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ