arrow

ककनी डेटलाइनः विधान मस्यौदा समिति तयार 

logo
प्रकाशित २०७५ मंसिर १३ बिहिबार
kakani-congress-jilla-bhela.jpg

ककनी । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको नुवाकोटको ककनीमा जारी भेलाले विधान मस्यौदा समिति बनाएको छ । बुधबार राति १७ सदस्यीय विधान मस्यौदा समिति बनाइएको हो । 

नाम नखुलाइए पनि हरेक प्रदेशबाट कम्तीमा २ जना सदस्यहरु समेटिने जनाइएको छ । यसले मंसिर २८ देखि काठमाडौंमा बस्ने महासमिति बैठकमा पेश गर्ने विधान संशोधन सुझावका लागि खाका तयार गर्नेछ । 

ककनी भेलाले तल्लो तहदेखि नै विधानमै अधिकार कसरी प्रत्यायोजन गर्ने भन्ने बारेमा निष्कर्ष निकाल्ने छ । काँग्रेसमा आठ तहको संरचना भए पनि सबै तहको अधिकार त्यही तहले नै गर्न पाउनु पर्नेमा जिल्ला सभापतिहरुले जोड दिएका छन् । 

स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका बेलामा स्थानीय तहका उम्मेदवार चयनमा समेत केन्द्रले हस्तक्षेप गरेपछि अब त्यस्तो हस्तक्षेप मान्य हुनु हुँदैन भन्दै स्थानीय तहलाई अधिकार प्रदान गरिनु पर्नेमा जोड दिइएको छ । 

यसका लागि आफ्नै तहको निर्वाचन समिति बनाएर समाधान गर्न सकिनेमा जिल्ला सभापतिहरु एक मत छन् । भेलामा ६४ जिल्लाका सभापतिहरु सहभागी छन् । 

बुधबारको छलफलमा बोल्ने अधिकांश जिल्ला सभापतिहरुले तल्लो तहसम्म अधिकार दिए मात्र पार्टी पहिलेकै अवस्थामा पुग्ने धारणा राखेका थिए । 

भेलाले पार्टी नेतृत्वलाई साझाा धारणा दिइने आयोजक जिल्ला नुवाकोटका सभापति जगदिशनरसिंह केसीले जानकारी दिएका छन् । बिहीबार ‘ककनी घोषणापत्र’ जारी गर्दै भेला सकिने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ