arrow

निर्मलाका हत्यारा कार्वाही गर्न कांग्रेसको अल्टिमेटम

logo
प्रकाशित २०७५ मंसिर १३ बिहिबार
congress-kakani.jpg

नुवाकोट । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बलात्कारी र हत्यारालाई पक्राउ गरी कार्वाही गर्न माग गर्दै नेपाली काँग्रेसले अल्टिमेटम दिने भएको छ ।  

नुवाकोटको ककनीमा जारी काँग्रेस जिल्ला सभापतिहरुको भेलामा ७७ जिल्लाका सभापतिहरुको ऐक्यवद्धता रहने गरी हत्यारा पक्राउ गर्न सरकारलाई निश्चित समय दिने र त्यो समयसम्म पनि पक्राउ गरी कार्वाही नभए देशभर आन्दोलनको आँधीवेहरी ल्याउने बताएका छन् ।

अहिलेसम्म नेताहरुले सरकारलाई कार्वाहीका लागि दिने समय भने तोकिसकेको अवस्था छैन । एक जिल्ला सभापतिले भने, ‘गत साउन ११ गते बलात्कारपछि हत्या भएको घटनामा सरकारले बलात्कारी र हत्यारा लुकाएको निष्कर्षमा हामी पुगिसकेका छौं अब पनि हत्यारा बाहिर नल्याउने हो भने आँधीबेहरी ल्याउँछौं ।’

सरकारले सो घटना अनुसन्धान गर्न विभिन्न समिति बनाए पनि केही त बेइमान निस्किएपछि कार्वाहीको भागेदारसमेत भएका छन् । तत्कालीन कञ्चनपुर प्रहरी प्रमुखले त जागिरबाटै हात धोएका छन् । 

जिल्ला सभापतिको निष्कर्ष छ –सरकारले देशमा अमनचयन नदिने हो भने त्यसका विरुद्ध कडा रुपले प्रस्तुत हुने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ