arrow

हार्डवयर पसलमा प्रशासनको शिलबन्दी

logo
वद्री नयाँघरे,
प्रकाशित २०७५ मंसिर १३ बिहिबार
tala21.jpg

रामेछाप । कर विजक विल प्रयोग नै नगरी म्याद ग्रुजेका सामाग्री उपभोक्ताहरुलाई विक्री वितरण गरी ठगि गर्दै आएको एक हार्डवएर पसलमा जिल्ला प्रशासन कार्यालय रामेछापले शिलबन्दी गरेको छ ।
 
सदरमुकाम मन्थलीमा रहेको शुभलक्ष्मी हार्डवएर एण्ड सप्लार्यस पसलले डेढ वर्ष अघिदेखी प्राइभेट फर्म नविकरण नगरेको, सामाग्रीहरु विक्री वितरण गर्दा कर विजक विल प्रयोग नगरेको, विक्रीको लागि राखिएको रङ, इनामेल, डिस्टेम्वर, फेवीकल जस्ता सामाग्रीहरु वर्षौदेखी म्याद गुज्रेका सामाग्रीहरु विक्री वितरण गर्दै आएको र ट्याक विनाको कम तौल भएको डन्डी विक्री गरेको जनगुनासो उपभोक्ताहरुवाट आएपछि प्रशासनले अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा प्रशासनले पटक पटक सुधारका लागि उक्त हार्डवयरलाई अनुरोध गर्दा अटेर गरेर कानून विपरितको काम गरेपछि वाध्य भएर पसलमा ताला लगाउनु परेको पनि सहायक प्रजिअ शर्माले वताए  । यसअघि पनि जिल्ला प्रशासन कार्यालयले लगातर तिन पटकसम्म पसलको अनुगमन गर्दा पनि उक्त हार्डवएर पसलमा म्याद गुज्रेका वेचविखन गरेको पाइएको थियो । उसलाई आधार सहित नियम कानून विपरीत काम गरेको जानकारी गराउँदा पनि प्रोपाइटर सिताराम श्रेष्ठ र उनका कर्मचारीहरुले उल्टै अनुगमन टोलीमाथि धम्क्याउने र अभ्रद व्यवहार गर्नेसम्मको काम गरेपछि पसलमा ताला लगाउनु परेको हो ।

अनुगमनका लागि जिल्ला प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रामेछाप उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, उपभोक्ता मञ्च र नागरिक समाजका प्रतिनिधिहरु समेत उक्त पसलमा पुगेका थिए । पसलमा ताला लगाएपछि प्रशासनले थप एकहप्तासम्म पसल संचालन नगर्न र त्यो सम्वन्धी कुनै पनि कारोवार नगर्न निर्देशन समेत दिएको छ । सो अवधिमा प्रशासनले निज हार्डवएरले व्यापार व्यवसाय गर्दा गरेका कामहरुको थप अनुसन्धान गरि थप आवश्यक कारवाही प्रक्रिया अगाडी वढाउने पनि जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।
    

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ