arrow

फिदिम नगरपालिकाले वडामा पुगेर उपभोक्ता समितीहरुलाई धमाधम तालिम दिँदै

logo
प्रकाशित २०७५ मंसिर १३ बिहिबार
talim_didai.JPG

पाँचथर । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ११  का उपभोक्ता समितीहरुलाई योजना सम्झौता,र फरफराक सम्वन्धी एक दिने तालिम तथा अन्र्तक्रिया कार्यक्रम बुधबार सम्पन्न  भएको छ ।

योजना कसरी सम्झौता गर्ने त्यसका लागि आवश्यक कागजतहरु के के चाहिने ? काम सकेपछि कसरी फरफारक गर्ने लगायतका विषयमा तालिम प्रदान गरिएको फिदिम नगरपालिकाका प्रशासकिय अधिकृत डम्बर बहादुर आङदेम्बेले बताए ।

 फिदिम नगरपालिकाको आयोजनामा उक्त अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको उनले बताए । सो अन्र्तक्रियाले वडाको योजनाहरुको काम गर्न समेत सहज हुने फिदिम नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष श्री प्रसाद घिमिरेले बताए ।

फिदिम नगरपालिकाको आयोजनामा नगरपालिकाको १४ वटै वडामा तालिमको आयोजना गर्दे आएको नगरपालिकाले जनाएको छ । यस्तो अन्र्तक्रियाले योजनाहरुका काम पारदर्शी,गुणस्तरीयता र सुशासन कायम हुने फिदिम नगरपालिका प्रमुख ओनाहाङ नेम्बाङले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ