arrow

धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गामा रेलिङ्ग सहितको सिढि निर्माण हुँदै

logo
कौरव खत्री,
प्रकाशित २०७५ मंसिर १३ बिहिबार
silannas.png

गुल्मी। गुल्मीको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गापोखरी देखि रेसुङ्गा यज्ञशालासम्म जाने बाटोमा रेलिङ्ग सहितको सिढि निर्माण कार्य शुभारम्भ भएको छ ।

रेसुङ्गामा आउने आन्तरिक तथा बाह्य पर्यटकहरु पोखरी देखि माथी यज्ञशालासम्म हिडेर जाने बाटो भएकाले यस्तो रेलिङ्ग सहितको सिढि निर्माण गर्न लागिएको हो ।

बुधवार रेलिङ्ग सहितको सिढि निर्माण कार्यको शिलान्यास गदै प्रमुख अतिथि रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले रेसुङ्गाको विकासका लागि रेसुङ्गा नगरपालिका मात्र नभएर जिल्लाका सबै स्थानीय तहहरुले बिशेष जोड दिने बताए ।

गुल्मी उद्योग बाणिज्य संघको १० लाख लागतमा रेलिङ्ग सहितको सिढि निर्माण कार्य सुरु गरिएको हो । निर्माण कार्यको क्रममा  आर्थिक अभाव र कुनै समस्या परेमा सबैबाट सहयोग संकलन गरेर यसलाई पुरा गरिने छ ।

 रेसुङ्गा नगरपालिका वडा नं. ८ खानिगाउँ देखि रेसुङ्गा पोखरीसम्म जानको लागि यातायातको सुविधा भएता पनि त्यहाँबाट यज्ञशाला पुग्न पैदलमार्ग बनाउने योजना रहेकोले सिढि बनाउन रेलिङ्गको निर्माण कार्य २ करोड ५० लाखमा सम्पन्न गर्ने योजना रहेको गुल्मी उद्योग बाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ