arrow

युथ कंग्रेसको जोरबिजोर अवज्ञामा प्रहरी हस्तक्षेप, ८ जना गिरफ्तार, झडपमा केही घाइते

logo
प्रकाशित २०७५ मंसिर १४ शुक्रबार
jhadap.jpg

काठमाडौं । युथ कंंग्रेस नेपालले आयोजना गरेको जोरबिजोर व्यवस्थाको अवज्ञा मोटरसाईकल र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । र्यालीमा सहभागी ८ जनालाई गिरप्तारसमेत गरेको छ ।

गिरफ्तार हुनेहरुमा युथ कंग्रेसका राष्ट्रिय संयोजक सचिन तिमिल्सना, चेतन बुढाथोकी, डुजाङ शेर्पा, पुष्पकर बास्तोला, सुनिल शर्मा, तपेन्द्र खड्का लगायत रहेका छन् ।

राज्यको कार्यक्रम नभई अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले आयोजना गरेको कार्यक्रमका लागि राज्यले जनतालाई दुःख दिन खोज्नु आफुहरुलाई मान्य नभएको भन्दै युथ कंग्रेसले अवज्ञा मोटरसाईकल र्याली निकाल्दै थियो ।
 
काठमाडौको ज्ञानेश्वरबाट र्याली निकाल्न रातोपुलमा भेला भएकाहरुसँग झडप समेत भएको छ । झडपमा केही घाईते भएका छन् । 

अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आयोजना गरेको आफैमा विवादित र शंकास्पद सम्मेलनका निम्ति आम नेपाली जनतालाई सास्ती दिन नमिल्ने युथ कंग्रेसको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ