arrow

ओली सरकारले टिकाउन सकेन जोरबिजोर, शुक्रबार बिहान ११ः३० देखि फुकुवा  

गगन थापासहित युथ कंग्रेसको अवज्ञा मुख्य कारक

logo
प्रकाशित २०७५ मंसिर १४ शुक्रबार
jor-bijor-hatyo.jpg

काठमाडौं । एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको कार्यक्रमका लागि भन्दै केपी शर्मा ओली नेतृत्वको सरकारले काठमाडौं उपत्यकामा जनतालाई दुःख दिन लागु गरेको यातायातमा जोरबिजोर प्रणाली हटाइएको छ । 

चौतर्फी चौतर्फी आलोचनापछि काठमाडौंमा शुक्रबारदेखि शुरु भएको एसिया प्यासिफिक सम्मेलन लक्षित जोरबिजोर प्रणाली हटाइएको हो । 

गृह मन्त्रालयको निर्देशनमा शुक्रबार बिहान ११ः३० बजेदेखि लागू हुनेगरी जोरबिजोर प्रणाली हटाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जारी गरेको सूचनामा जनाइएको छ । 

काठमाडौं उपत्यकामा मंसिर १३ गतेदेखि १६ गतेसम्म जोरबिजोर प्रणाली लागु गर्ने गृह मन्त्रालयले जनाएको थियो । 

युथ कंग्रेस नेपालले बिहीबारदेखि नै जोरबिजोर प्रणालीको अवज्ञा गर्दै आइरहेको थियो । शुक्रबार बिहान पनि अवज्ञा भएको थियो । 

नागरिकहरूलाई सास्ती हुने गरी लागू गरिएको जोरबिजोर प्रणालीको सामाजिक सञ्चालमा व्यापक आलोचना भएको थियो ।

नेपाली काँग्रेसका युवा नेता गगन थापासहितका काँग्रसी नेताहरु, नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई, राप्रपा अध्यक्ष कमल थापा लगायतले सामाजिक सञ्जालमा यसको जमेर आलोचना गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ