arrow

तीब्र दबाब पछि सवारीमा लगार्इएको जोर विजोर प्रणाली खारेज

logo
प्रकाशित २०७५ मंसिर १४ शुक्रबार
traffic3.jpg

काठमाडौं । सरकारले तीब्र जनदबाब पछि ४ दिनको लागि तोकेको जोर विजोर प्रणाली खारेज गरेको छ । ट्राफिक महाशाखाले शुक्रबार दिउँसोदेखि लागू हुनेगरी जोर विजोर प्रणाली खारेज गरेको हो । 

अामसञ्चार माध्यम र सामाजिक सञ्जालमा अमूक धर्मको प्रचारको लागि सरकारले गरेको जोर विजोर प्रणाली प्रति तीब्र आलोचना भएपछि गृहमन्त्रालयको निर्देशनमा ट्राफिक महाशाखाले दिउँसो ११:३० देखि लागू हुनेगरी यो प्रणाली खारेज गरेको जनाएको छ । 

सरकारको जोरविजोर प्रणालीको नेपाली काँग्रेसका नेता एवं सा‌ंसद् गगन थापाले  पनि बिहीबार विरोध जनाउँदै यसको अवज्ञा गर्नको लागि आह्वान गरेका थिए । यसको विरोधमा शुक्रबार मात्रै युथ कँग्रेस  नामक संगठनले यसको अवज्ञामा मोटरसार्इकल र्‍यालीको आयोजना गरेको थियो ।  मोटरसार्इकल र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ