arrow

गाउँपालिकाले मृतक र घाइतेलाई सहयोग गर्ने

logo
प्रकाशित २०७५ मंसिर १४ शुक्रबार
doti.png

डोटी । केआइसिँह गाउँपालिकामा सोमबार भएको ट्र्याक्टर दुर्घटनामा परी ज्यान गुमाउने र घाइतेलाई राहतस्वरुप आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

केआइ सिंह कार्यपालिकामा बसेको बैठकले दुर्घटनामा परी ज्यान गुमाएका मृतकका परिवारलाई रु ३० हजार र घाइतेलाई रु २० हजार सहयोग गर्ने निर्णय गरेको केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले बताए। साथै गाउँपालिकाले एक शोक वक्तव्य जारी गरी डाक्टर केआइ सिंह गाउँपालिकामा भएको दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

गएको सोमबार केआइसिंह गाउँपालिका–३ मा से १ त ६६४९ नं को ट्र्याक्टर दुर्घटना हँुदा सोही गाउँपालिका– ३ देउकडा बस्ने वर्ष ३४ को घनश्याम मल्लको जनाको ज्यान गएको थियो भने दुईजना सोही गाउँपालिका बस्ने वर्ष १८ को मीन बम, वर्ष १८का उपेन्द्र बम घाइते भएका थिए । केआइसिंह वडा नं ३ अनारखोलाबाट बालुवा लगेर जाँदै गर्दा दुर्घटना भएको थियो । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ