टिकापुरमा १६ बर्षीया किशोरी मृत फेला, हत्याको आशंका
सुनिल आउजी,
प्रकाशित २०७५ मंसिर १४ शुक्रबार
555
Shares
टिकापुर । कैलालीको टिकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर १६ मा १६ बर्षिया किशोरी मृत फेला परेकी छिन्। वडा नम्बर १ बस्ने १६ बर्षिया पुजा थापा घर नजिकै मृत अवस्थामा भेटिएकी ईलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको टिकापुर प्रहरीले जनाएको छ। प्रहरीले अहिले मुचुल्का संकलन गरिरहेको छ। स्थानीयले हत्याको आशंका गरेका छन्।