arrow

निर्मला पन्तको फोटो टाँस्नेलाई पक्राउ गर्न गृहको निर्देशन, १२ पक्राउ

logo
प्रकाशित २०७५ मंसिर १४ शुक्रबार
nirmalapanta.jpg

काठमाडौं। बलात्कार पछि हत्या भएको कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तलाई न्यायको माग गर्नेलाई पक्राउ गर्नको लागि सरकारले प्रहरीलाई निर्देशन दिएको भेटिएको छ। शुक्रबार पोस्टर टाँस्ने क्रममा १२ जनालाई पक्राउ गरेपछि यो विषय बाहिर आएको हो। महानगरीय प्रहरी बृत्त सिंहदरबारका एक प्रहरी अधिकारीले पोस्टरटाँस्नको लागि गृहमन्त्रालयबाट नै आदेश आएको जानकारी दिए। पक्राउ परेका १२ जनालाई सिंहदरबार प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ। शुक्रबार दिउँसो माईतीघर मण्डलाबाट ३ जना पुरुष र ९ जना महिलालाई पक्राउ गरिएको महानगरीय प्रहरी बृत्त सिंहदरबारले जनाएको छ। 

बृत्तका अधिकारीहरुका अनुसार गृहमन्त्रालयबाट नै निर्मला पन्तको विषयमा पर्चा पम्प्लेट टाँस्नेलाई पक्राउ गर्नु भन्ने आदेश रहेकोले यस्तो गरिएको हो। पक्राउ परेका १२ जनालाई कहिले हिरासत मुक्त गराईन्छ ? भन्ने विषय अहिले नै जानकारी दिन नसकिने बृत्तका प्रहरीअधिकारीहरुले जनाएका छन्। 

यस अघि सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार मन्त्री गोकूल बाँस्कोटाले निर्मला पन्तको विषयमा सरकारी सञ्चारमाध्यमहरुमा कुनैपनि सामग्री प्रकाशन तथा प्रशारण नगर्न निर्देशन दिएको समचार बाहिर आएको थियो। यसमा सञ्चारमन्त्री बास्कोटाले आपत्ति जनाएको भएपनि त्यसपछि समेत सरकारी सञ्चारमाध्यमहरुले यस्ता सामग्रीहरु प्रस्तुत गरेका छैनन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ