arrow

गान्धीको विचारहरु भारतवर्षमा मात्रै नभई विश्वभरि नै सान्दर्भिक : सिन्हा

logo
प्रकाशित २०७५ मंसिर १४ शुक्रबार
gandi.jpg

काठमाडौं ।  भारतीय पूर्व विदेशमन्त्री यशवन्त सिन्हाले गान्धीको विचारहरु भारतवर्षमा मात्रै नभई विश्वभरि नै सान्दर्भिक भएको बताएका छन् । नेपाल नीति केन्द्र, क्रियसन तथा गान्धीवादी अध्ययन तथा शान्ती केन्द्रको संयुक्त आयोजनामा गान्धी विषयक संगोष्ठीका प्रमुख बक्ता सिन्हाले गान्धीको विचारहरु भारतवर्षमा मात्रै नभई विश्वभरि नै सान्दर्भिक भएको चर्चा गरेका हुन् । उनले लोकतन्त्रको विकेन्द्रिकरण गाउँस्तरमा नभएसम्म लोकतन्त्र पुरा नहुने बताए । यसैगरि गान्धीले उठाएको स्वराजको अर्थ देशको स्वतन्त्रता मात्र नभई व्यक्तिक स्वतन्त्रताको कुरा भएको प्रष्ट्याए ।

कार्यक्रममा बोल्दै पूर्व कलाकार तथा नेता शत्रुघ्न सिन्हाले कुनै पनि नयाँ कुरा गर्न खोज्दा मानिसहरुले उपहास, उपेक्षा, तिरस्कार र दमन गर्ने भन्दै आफ्नो सोच र विचारमा दृढसंकल्प रहँदैं काम गरिरहेमा कुनै दिन आफुलाई तिरस्कार गर्नेहरुले पनि सम्मान गर्नुपर्ने दिन आउने बताए । आफ्नो जिवनका कठिन क्षणहरु पार गरेर सफलता प्राप्त गर्न गान्धीबाट प्रेरणा लिएको बताउँदै सिन्हाले नेपालमा युवाहरुमा गान्धी प्रति आर्कषण हुनु सकारात्मक रहेको बताए ।
 
कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराभ भट्टराईले गान्धीलाई पनि कार्ल माक्र्सलाई जस्तै यान्त्रिक ढंगले मात्रै बुझ्न नहुने तर्क गर्दै २१ औं शताब्दीको शुरुवातीका वर्षहरु विश्वभरि नयाँ विचारको खोजी रहेको चर्चा गर्दै आफु पनि पुराना विचारहरुको संशेषण गर्दै नयाँ विचारको खोजीमा तल्लिन रहेको बताए ।
 
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले गान्धीको अहिंसात्मक स्वराज अभियानको सफलता पछि किन नेपालमा भने नेपाली कांग्रेसले हतियार उठाएर क्रान्ति गर्नु परेको थियो भन्ने प्रश्नको खोजी गर्नु पर्ने बताए । निधीले गान्धी आफैमा हिन्दुधर्ममा आस्था राख्ने भएपनि आफु कट्टर धर्म निरपेक्षवादी भएको प्रसंग निकाल्दै नेपालमा भने धेरै बुद्धिजिवीहरुले यो कुरा सिक्नुपर्ने आवश्यकता औंल्याए ।
 
नेपाल कम्युनिष्ट पार्टीका नेता राम कार्कीले माक्र्स र गान्धीका केही आधारभुत कुराहरु मिल्ने उल्लेख गर्दै भारतमा गान्धीको संकट र नेपालमा दुई तिहाईको बहुमतको कम्युनिष्ट सरकार बनेपछि माक्र्सको संकट रहेको उल्लेख गर्दै । नेपाली कांग्रेस र कम्युनिष्टहरु विचारबाट च्युत भएको बताए ।

कार्यक्रमको सभापतित्व गर्नुभएका पूर्व सभामुख दमननाथ ढुंगानाले आजको कार्यक्रमले माक्र्सवादी र गान्धीवादी दुवैलाई एकै ठाउँमा ल्याएको उल्लेख गर्दै कार्यक्रमको सान्र्दभिकता बढेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ