राष्ट्रपति भण्डारी र कम्बोडियाली प्रमबीच भेटवार्ता
प्रकाशित २०७५ मंसिर १४ शुक्रबार
518
Shares
काठमाडौँ ।राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालको औपचारिक भ्रमणमा रहनुभएका कम्बोडियाका प्रधानमन्त्री हुन सेनबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार भएको भेटवार्तामा नेपालका तर्फबाट राष्ट्रपति कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकृत तथा कम्बोडियाका उच्च सरकारी अधिकारीसमेत रहेका थिए ।
एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि प्रधानमन्त्री सेन बिहीबार काठमाडौँ आइपुगेका हुन् । सो सम्मेलन आगामी शनिबारदेखि आयोजना हुँदैछ । रासस