arrow

पर्यटकीय स्थल राम्चे ढुङ्गामा भ्यु टावर निर्माण गरिने

logo
कौरव खत्री,
प्रकाशित २०७५ मंसिर १४ शुक्रबार
ramche.jpg

गुल्मी। गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले पर्यटन क्षेत्रको विकास गर्न सके युवा स्वरोजगारसॅगै गलकोट नगरपालिकाको समृद्वि हुने बताएका छन् । राम्चे ढुङगा पर्यटन विकास केन्द्र मल्मले आयोजना गरेको वनभोज तथा अन्तरकृयात्मक गोष्ठीलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

गलकोट नगर भित्रका पर्यटकीय स्थल मध्येको एक महत्वपुर्ण गन्तव्यको रुपमा परिचित राम्चे ढुङगाबाट प्याराग्लाईडिङ उडान समेत सफल भईसकेको र व्यावसायिक उडानको निम्ति गलकोटकै उत्तम स्थल भएकोले अब थप विकासका पुर्वाधार तयार गरिने वडा अध्यक्ष थापाले बताए । अहिले खानेपानी, पक्की मञ्च, पक्की शौचालय, खेलमैदानको  निर्माण भईसकेको र अब निकट भविष्यमा मल्म पाण्डवखानी सडकको स्तरोन्नति सॅगै राम्चे ढुङगामा भ्यु टावर निर्माण गर्ने समेत योजना रहेको र त्यसको लागि सबैले आ-आफनो स्थानबाट सहयोग गर्नुपर्ने उनको भनाई छ ।

सो अवसरमा जिल्ला समन्वय समिति बागलुङका सदस्य दल बहादुर थापा, वडा सदस्य लोक बहादुर थापा, घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देश, महिला जागरण केन्द्रका उपाध्यक्ष थुम कुमारी थापा र सिर्जनशिल महिला समुहका अध्यक्ष रेवती थापाले शुभकामना मन्तव्य राखेका थिए । वनभोज तथा अन्तरकृयात्मक गोष्ठीमा स्थानिय खानाका परिकारहरु ढिडो, मकै, भट्ट, अचार, लोकल खसीको मासु, सिस्नोको पाउडर लगायतका दर्जनौं परिकारहरु उपस्थित सबैलाई खुवाईएको थियो ।

गलकोट नगरपालिका ७ भित्रका जनप्रतिनिधी, समाजसेवी, संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, युवा महिला गरि डेढ सय जनाको उपस्थिती रहेको कार्यक्रममा आगामी पौष १३ गतेदेखि १५ गते सम्म राम्चे ढुङगामा हुन लागेको पर्यटन मेला २०७५ लाई भव्य अनि सभ्य रुपमा सफल पार्न मुल समारोह समिति, उपसमिति र सहआयोजक चयन गरिएको छ । राम्चे ढुङगामा हुन लागेको पर्यटन मेलामा, खेलकुद, कला संस्कृति सॅगै प्यारागलाईडिङको समेत उडान गर्ने तयारी भईरहेको केन्द्रले जनाएको छ । कार्यक्रम राम्चे ढुङगा पर्यटन विकास केन्द्र गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष विष्णु थापाको अध्यक्षता, उपाध्यक्ष मिना दर्जीको स्वागत र सचिव सीता विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ