काठमाडौँमा प्रहरीले पोष्टर हटाउँदा महेन्द्रनगर बजार निर्मलाको पोष्टरले भरियो
सुनिल आउजी,
प्रकाशित २०७५ मंसिर १४ शुक्रबार
411
Shares
धनगढी। गृह मन्त्रालयले काठमाडौँमा प्रहरी परिचालन गरेर बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तका पोष्टर हटाउदा महेन्द्रनगर बजार भने निर्मलाकै पोष्टरले रंगिएको छ।
हत्यारालाई पक्राउ गरी कारवाहीको माग गर्दै शुक्रवार दिउँसो निर्मलाकी दिदी मनिषा र महिला अधिकारकर्मीको टोलीले निर्मलाको तस्विर अंकित पोष्टर महेन्द्रनगरका चोक चोकमा टाँसेका हुन्।
गत सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर अंकित पोस्टर काठमाडौँका अधिकांश सार्वजनिक स्थलमा टाँगिएपछि ओलीकै तस्बिर मुनि टाँसिएका निर्मलाका तस्बिर प्रहरीले बिहिवार र शुक्रवार दिउँसो हटाएको छ।
गृह मन्त्रालयको निर्देशन पछि निर्मलाका पोस्टर प्रहरीले हटाएको हो। तर महेन्द्रनगरका चोक चोकमा सरकार भेटियो न्याय भेटिएन उल्लेख गरेको निर्मलाको तस्विर अंकित पोष्टर टाँसिएका हुन्।