arrow

बाबुराम भट्टरार्इको भगवानसँग गुहार 'मेरा कमाउरेडबाट बचार्इँदेउ'

logo
प्रकाशित २०७५ मंसिर १५ शनिबार
baburam-kp-parti-phutyo.jpeg

काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले भगवानसँग गुहार माग्दै नेपालका कमाउरेडहरुसँग बचाईदिनको लागि आग्रह गरेका छन् । शुक्रबार आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमार्फत् बाबुराम भट्टराईले विकास निर्माणमा देखिएको कच्चापनप्रति असन्तुष्टि जनाउँदै यस्तो प्रतिक्रिया दिएका हुन् । 

प्रधानमन्त्री बनेपछि नेपालको राष्ट्रिय पोशाक, भाषा, राष्ट्र एकीकरणका महानायक पृथ्वीनारायण शाह माथि समेत हमला गरेको र ईन्द्रजात्राको बजेट रोक्का, हनुमानढोकाको पूजा बजेट कटौति, राष्ट्रिय झण्डा र विक्रम संवतलाई विस्थापन गर्ने षड्यन्त्र गरेको आरोप लागेका थिए । कुनै समय क्रिश्चियन मिशनको पक्षमा लागेर  क्रिश्चियन गुरुआमा यलिनरसँग बाइबलको सपथ खाएर आएको आरोप भोगेका बाबुराम भट्टराईले शक्तिबाट क्षीण भएपछि भने भगवानको नाम लिन थालेका छन् । 

उनी पहिले नास्तिक मानिएका उनी पछिल्लो समय धर्मप्रति आस्था राख्न थालेका छन् । कहिले कुन शक्तिपीठ त कहिले कुन शक्तिपीठमा पुग्नेगरेका उनी एशिया प्यासिफिकको धर्मप्रचार कार्यक्रमको पनि कट्टर आलोचक बनेका छन् । 

उनले ट्वीटरमा लेखेका छन् 'कम्युनिज्म’ धर्मं राष्ट्रवादको ककटेल=क्रोनी क्यापिटालिज्म(आसेपासे पुँजीवाद) ! विवादित अन्तर्राष्ट्रिय सम्मेलनको नाउँमा सत्ताका आसेपासेहरूले राम्रै कमाइ गरेछन् । जनताले पेट काटेर तिरेको राजस्वले ! काठमाण्डौकै मुटुमा यस्तो लूट छ भने अन्त के होला <’ हे भगवान मलाई मेरा कमाउरेडहरूबाट बचाऊ’

त्यसो त बाबुराम भट्टराईको धर्मको विषय जोडेर आएका केही ट्वीटहरु पनि रमाईला देखिन्छन् । शुक्रबार मात्रै उनले ट्वीटरमा लेखेका छन् 'त्यसै त विश्व रंगमञ्चमा गुम्दै गएको नेपालको छवी 'राष्ट्रबाद’को वैशाखी टेकेर सत्तामा पुगेका 'कमाउरेड’हरूले एउटा धार्मिक एनजीओको लोभमा फसेर रसातलमै पुर्याउने भए ! आर्थिक दरिद्रताको उपचार हुन्छ। तर, नैतिक दरिद्रताको कुनै उपचार हुन्न ! २ दिन सडक जाम जनताले सहलान् तर देशको यो अपमान सहन्नन् है !'
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ