arrow

गौरादहका मेयर शाहले गुनासो गर्दै भने. ' मेरो हातखुट्टा बाँध्न खोजियो '

logo
युबराज रेग्मी,
प्रकाशित २०७५ मंसिर १५ शनिबार
rohit-shah.jpg

झापा। गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार शाहले बहुमतको आडमा उपप्रमुख सहित कार्यपालिका सदस्यहरुले अधिकार कटौती गरेर काम गर्न नदिएकोले नगरको काममा समस्या उत्पन्न भएको बताएका छन्। उनले गनासो गर्दै भने, मेरो हातखुट्टा बाध्ने प्रयास भएको छ, यसरी अघि बढ्न सकिन्न भनेर मैले भनेको छु ।

बिहिबार कार्यपालिका बैठक बस्दाबस्दै उठेर हिडेको आरोप लागेका उनले बैठक स्थगित गरेर हिडेको जनाए। त्यस लगत्तै उपप्रमुख गीता भेटवालले कार्यापालिका बैठक बसाएपछि नगरपालिकाको भद्रगोल छताछुल्ल भएको हो।

बिहिबार बेलुका उपप्रमुख भेटवालले पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरेपछि बिहान नगर प्रमुख शाहले पत्रकार सम्मेलन गरेर पत्रपत्रिका र सामाजिक सञ्जालमा आएका बिषयबस्तुमा सत्यता नरहेको जनाए।

नगरप्रमुख शाहले पछिल्लो समयमा नीति नियम बनाउने बिषयमा बिबाद भएको भने स्वीकार गरे। उनले भने, मेरो हातखुट्टा बाँध्ने अर्थात अधिकार कटौती गर्ने प्रयास भएकोले मैले बैठक स्थगित गरेको हो, हिजो केहि निर्णय भएको छैन।

उप्रमुख भेटवालले भने निर्णय भएको र नगर प्रमुख शाहले त्यसलाइ प्रमाणिकरण गर्ने बताइन्। निर्णय भएको छ र प्रमुखज्यूले त्यो प्रमाणिकरण गर्नुहुनेछ, उपप्रमुख भेटवालले बताइन ।

नगरपालिकामा भएको शक्ति संघर्षले नगरपालिकाका स्थानियहरु भने रुष्ट भएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ