arrow

अस्पतालमा अलपत्र परेका सुत्केरी र शिशुको उद्धार

logo
प्रकाश मैनाली,
प्रकाशित २०७५ मंसिर १५ शनिबार
baby.jpg

सर्लाही। उपचार खर्च तिर्न नसकेर तीन दिनदेखि सर्लाही सदरमुकाम मलङ्गवाको एक क्लिनिकमा अलपत्र सुत्केरी र शिशुको उद्धार गरिएको छ। पत्रकार सुनिल ठाकुरले सामाकि संजाल फेसबुकामा उपचार खरचको बारेमा आफ्ने भित्त रंगायर उपचार खर्च जुटाएर सुत्केरी र उनले जन्माएको छोरीलाई आज बिहान घर फकाईएको हो।

जिल्लाको चक्रघट्टा गाउँपालिका–८, औरहीका राकेश मल्ली (डोम) की श्रीमती १८ वर्षीया राधा मल्लीलाई गत बिहिवार सूतकोरी बेथा लागेपछि मलङ्गवाको एक निजी क्लिनिकमा भर्ना गरिएको थियो। भर्ना गरिएकै दिन शल्यक्रियागरी बच्चा निकालिएपनि उपचार र शल्यक्रिया खर्च बापतको २३ हजार रुपिँया बुझाउन नसक्दा सुत्केरी र शिशु क्लिनिकमै बस्न बाध्य थिए।

उनीहरुको उद्धार गर्न औरहीनै घर भएका पत्रकार ठाकुरको विशेष पहलमा मलङ्गवा नगरपालिका–४ घरभई हाल अष्ट्रेलियामा बस्ने मुकेश कुमार चौधरीले १५ हजार, पूर्व सांसद एवम् समाजसेवी नरेन्द्र साहले १३ हजार र मलङ्गवा नगरपालिका–१० निवासी मञ्जु मिश्रले पाँच हजार आर्थिक सहयोग गर्नु भएको हो।

तीनै जना मनकारी व्यक्तिहरुबाट प्राप्त रकमले उपचार खर्च बुझाइएको र उभ्रिएको पैंसाले सुत्केरी र शिशुका लागि न्यानो कपडा, फलफूल र आवश्यक औषधि खरिद गरेर घर पठाइएको पत्रकार ठाकुरले बताए। 

सुत्केरी राधाका श्रीमान राकेश मल्ली (डोम) ले गाउँघर र बजारमा हारगुहार गर्दापनि उपचार खर्च जुटाउन समस्या भैरहेको अवस्थामा पत्रकार ठाकुरले पैंसा जुटाएर ठूलो गुण लगाउनु भएको भन्दै खुशी व्यक्ति गरे। गाउँमा पैंसा माग्न हिँड्दा बल्ल–बल्ल तीन हजार जुटेको थियो, उन भने, ‘मागेर मात्रै पैंसा जुटाउन निकै गाह्रो थियो, पत्रकार ठाकुरले श्रीमती र छोरीलाई तत्कालै घर फर्काएर जिन्दगीभर फर्काउन नसक्ने गुण लगाउनु भएको छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ