arrow

गुल्मी काँग्रेसको जिल्ला सम्मेलन सर्‍यो

logo
रमेश विश्वकर्मा,
प्रकाशित २०७५ मंसिर १५ शनिबार
gulmi-congress2.jpg

गुल्मी। नेपाली काँग्रेस गुल्मीको यहि मंसिर २० र २१ गते २ दिनसम्म हुने भनिएको प्रथम जिल्ला सम्मेलन सरेको छ। मिति २०७५ मंसिर २ गते आइतबार जिल्ला कार्य समितिको बैठकको निर्णयबाट ऐतिहासिक जिल्ला सम्मेलन गर्ने निर्णय गरिएको थियो।

शनिबार नेपाली काँग्रेस गुल्मीको आयोजनामा पार्टी कार्यालय बी.पी. स्मृति भवन तम्घासमा पत्रकार सम्मेलन गरेर उक्त जिल्ला सम्मेलन सरेको पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिए। आउँदो पौष २८ र २९ गते ऐतिहासिक जिल्ला सम्मेलन गर्ने तय भएको पार्टी सभापति श्रेष्ठले जानकारी दिए। 

यो सम्मेलनलाई भव्यताका साथ सम्पन्न गराउनको लागि नेपाली काँग्रेसका क्रियाशिल सदस्य, सम्पूर्ण भातृ तथा शुभेच्छुक संस्थालाई आ–आफ्नो ठाउँबाट लाग्न सभापति श्रेष्ठले आग्रह गरे।

यहि मंसिर २८ गते देखि ३ गते सम्म नेपाली काँग्रेसको महासमितिको भेला काठमान्डौमा सञ्चालन हुने भएकोले केन्द्रिय नेताहरु भेलाको तयारीमा लागेको हुनाले केन्द्रिय नेताहरुको अनुपस्थित हुने भएकाले यो सम्मेलन सरेको सचिव खिलध्वज पन्थीले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ