arrow

अब सरकारले ‘श्री ५ ओली सरकार’ लेखेर टांग्न मात्रै बांकी छ : सीपी गजुरेल

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ मंसिर १५ शनिबार
cp-gajurel.jpg

बुटवल। देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले कम्युनिष्टको दुइतिहाइ बहुमत देशका लागि अभिशाप भएको दाबि गरेका छन्। ‘यो सब हुदाहुदै पनि यो सरकार ढल्नेवाला छैन,दुभाग्र्य,संबिधानमै यस्तै ब्यबस्था छ, ओलीको तानाशाहि शैली र प्रमुख प्रतिपक्षी रुजेको बिरालो जस्तो भो’ गजुरेलले भने। रिपोर्टर्स क्लव प्रदेश ५ बुटवलमा आयोजित साक्षात्कारमा उनले भने-‘अहिले सरकार नया युगको कुरा गर्दै पोल पोलमा फोटो राख्ने गरिएको अव श्री ५ केपी ओली लेख्न मात्रै बँकी छ।’

नेपाली काग्रेसले पनि प्रतिपक्षको भुमिका देखाउन नसक्दा भिजेको विरालो जस्तै भएको उनको तर्क रहेको छ। उनले ओली सरकारले जतिसुकै गम्भिर गल्ती गरेपनि दुई तिहाईको सरकार हट्न नसक्ने अवस्था रहेको कारण जनतामा निरासा  छाएको उनको भनाइ छ।

९ महिनामा सरकारले नै देशमा राष्ट्रिय स्वाधिनताको उपहास
नौ महिनामा सरकारले नै देशमा राष्ट्रिय स्वाधिनताको उपहास गरेको भन्दै  जसले बितृष्णा जगाउने काम गरेको बताए। उनले भने– ‘बामपन्थी पनि होइन,प्रतिक्रियाबादीहरुको सरकार बन्यो।’ सरकारले राष्टियताको उपहास गरेको भन्दै नक्सामा कालापानी गायव गर्नु राष्ट्रको नाममा गद्धार गरेको उनको अरोप छ।

सरकारले कम्युनिष्ट कै नाममा कम्युनिष्टकै उपहास गरेको दाबि उनको छ।  करको दायरा फराकिलो बनाउने बहानामा दुनियामा नै नभएको विभिन्न दरहरु बढाएकोमा उनको आपत्ती छ। देशका समस्याहरु समाधान गर्नुको सट्टा सरकारले सेवा सुविधा बढाउन तर्फलागेको भन्दै उनले  सरकार नै फेल भएको दावि गरे। निर्मला पन्त हत्या काण्डमा सरकार पुर्णरुपमा नै असफल भएको नेता गजुरेलको दावि छ। 

अव विस्तारै यो घटनालाई अन्तराष्ट्रियकरण हुन थालेको भन्द यसमा देशको अवस्था के कस्तो भन्ने विषयमा जनताले बुझ्ने बेला आएको बताए। उनले सरकारले शिक्षामा माफियाकरण गरेको भन्दै गोविन्द केसीको माग पुरा गर्न नसक्नु आफैमा लज्जाको विषय भएको बताए।  उनले भने–‘माफियाहरुकै कब्जामा देश रहेको छ, दलाल र नोकरसाही पुँजीपतीको कब्जामा देश गैसक्यो।’

बाईट वडी विमान खरिदमा भएको भष्ट्राचारल पञ्चायतमा पञ्चेहरुले गर्ने भष्ट्राचार भन्दा पनि बढि भष्ट्राचार भएको उनको दावि रहेको छ। मन्त्रीहरुकै संलग्नतामा भएको भष्ट्राचारलेले देश कंगालीकरण तर्फ अगाडी बढेको उनको भनाई रहेको थियो।

राष्ट्रपतीले १८ करोडको गाडी गरिब जनतामाथि उपहास
राष्ट्रपतीले अढार करोडको गाडी किन्नु गरिब जनतालाई उपहास गर्नु बाहेक केही नभएको नेता गजुरेलको भनाई रहेको छ। अस्पतालमा विरामीहरुको विजोग रहेको बेला जनताको सेवा भन्दा पनि सेवा सुविधा वृद्धिमा लागेको भन्दै उनले हेलीप्याड सहितको राष्ट्रपती निवास बनाउन खोज्नु आफैमा लज्जाको विषय भएको आरोप लागाए। 

अव वृहत जनआन्दोलनको जरुरी 
साक्षात्कार कार्यक्रममा बोल्दै नेता गजुरेलले अव वृहत आन्दोलनको आधिवेहेरीको आवश्याकता बढ्दै गएको बताएका छन्। अहिलेको सरकारले गरेका विभिन्न गैरनैतिक कुरालाई दबाब दिनको लागि पनि आन्दोलनको आधिवेहेरीको आवश्याता रहेको बताए। उनले देशभक्त गणतान्त्रीक मुक्ती मोर्चा नै बनाएर लागिरहेको भन्दै अव संघर्षको आन्दोलनको तयारी गरिएको बताए। स-सना संघर्षबाट अगाडी बढ्दै गएर जनआन्दोलनको तयारी गरिएको बताए।

अहिलेको सरकार ५ बर्ष सम्म टिक्न दिन नहुने भन्दै ओलीको विकल्प अर्को नेता नभएको भन्दै अहिलेको शासन सत्ता लाई नै परिर्वतन गर्नु आवश्यकता रहेको बताए। अवको विकल्प भनेको  क्रान्ती भएको भन्दै उनले क्रान्तीकारी शक्तीनै अहिलेको विकल्प भएको बताए। उनले भने–‘स-साना कामबाट नै  क्रान्तीकोको सुरुवात गरिएको भन्दै जसले सार्थकता  छिट्टै पाउने छ।’

जनआन्दोलन, जनसरकार र अर्को आन्दोलनको आवश्यकता रहेको भन्दै अव संघर्षलाई एउटा पाटो बनाएर संघर्षको संखघोष गरिएको नेता गजुरेलको दावि रहेको छ। रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कपिल ज्ञवलीले गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ