arrow

अस्वभाविक कार्यमा संलग्न बालबालिका नियन्त्रणमा

logo
प्रकाशित २०७५ मंसिर १५ शनिबार
nepal-police.jpeg

चिप्लेढुङ्गा । अस्वाभाविक गतिविधिमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले १८ वर्ष कम उमेरका २० बालबालिकालाई नियन्त्रणमा लिएको छ ।

उनीहरुले रातको समयमा रेस्टुराँ, डिस्को डान्स, दोहोरी साँझमा प्रवेश गरी मादक पदार्थ र चुरोट तथा हुक्का सेवन गरी अस्वाभाविक क्रियाकलाप देखाइरहेको भन्ने गुनासो प्राप्त भएपछि प्रहरीले अनुगमनको सिलसिलामा अस्वाभाविक कार्यमा संलग्न २० बालबालिकालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयको संयुक्त टोलिले पोखरा नगरक्षेत्र र विशेष गरी लेकसाइड क्षेत्रमा रहेका विभिन्न होटल, रेस्टुराँ, डिस्को दोहोरी साँझ एवं डान्सबारमा अनुगमन गरी उनीहरुलाई नियन्त्रणमा लिएको बताइएको छ ।

नियन्त्रणमा लिइएकामध्ये पाँच बालिका रहेका प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए । नियन्त्रणपछि उनीहरुलाई सम्झाइबुझाइ गरी अभिभावकको जिम्मा लगाइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ