निर्मला हत्याकाण्डबारे न्याय माग्दै फेरि थप आन्दोलनका कार्यक्रम
प्रकाशित २०७५ मंसिर १६ आइतबार
176
Shares
महेन्द्रनगर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको काण्डमा बलात्कारी र हत्यारालाई पक्राउ गरी कार्वाही गर्न माग गर्दै देशभर आन्दोलन चलिरहेको छ । न्यायको पक्षमा आवाज गुन्जिरहेको छ । सरकार दबाउ पक्षमा लागिरहेको छ ।
यसै क्रममा पक्षमा न्यायको माग गर्दै नागरिक संघर्ष समितिले फेरि सशक्त चार दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। शनिबार महेन्द्रनगरमा बसेको नागरिक संघर्ष समितिको बैठकले चार दिने दवावमूलक आन्दोलन गर्ने निर्णय गरेको हो ।
घटना भएको चार महिना नाघिसक्दा पनि घटनाको बारेमा सत्य, तथ्य सार्वजनिक नभएको भन्दै दवावस्वरुप सोमबारदेखि थप आन्दोलन गर्ने समितिले जनाएको हो । समितिले गत कार्तिक २५ गतेदेखि निरन्तर कञ्चनपुर जिल्ला प्रशासन कार्यालय अगाडि २४ घण्टे धर्ना जारी राखिरहँदा थप कार्यक्रम सार्वजनिक गरिएको हो ।
यस्ता छन् कार्यक्रम –
सोमबार र मंगलबार –‘सुदूरपश्चिम’ प्रदेशका ९ वटै जिल्ला प्रशासन कार्यालयको प्रवेशद्धारमा कालोपट्टी बाँधेर धर्ना दिने ।
बुधबार – टर्च बालेर प्रर्दशन गर्ने
बिहीबार –मानव साङ्लो बनाउने कार्यक्रम