arrow

कोप २४ को विश्व सम्मेलनलाई सम्बोधन गर्न राष्ट्रपति भण्डारी पोल्याण्डमा

logo
श्यामल अधिकारी 
प्रकाशित २०७५ मंसिर १६ आइतबार
vidya-devi-bhandari-president-nepal.jpg

वार्सा । राष्ट्रपति विद्यादेवी भण्डारी कोप २४ को विश्व सम्मेलनलाई सम्बोधन गर्ने सिलसिलामा पोल्याण्डको राजधानी वार्सा आइपुगेकी छिन् ।  

उनलाई पोल्याण्डका लागि नेपाली राजदूत रमेशप्रसाद खनालले चोपिन वार्सा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

उनका साथ वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, सांसद पूर्णकुमारी सुवेदी, कृष्णगोपाल श्रेष्ठ, पुष्पा भुसाल, चन्द्रा चौधरी र रामसहाय यादव पनि छन् । परराष्ट्र मन्त्रालय, वातावरण र सञ्चार क्षेत्रका विज्ञलगायतका उच्च अधिकारी पनि यसैक्रममा वार्सा आइगेका छन् ।  

राष्ट्रपति भण्डारीले विश्वका १९६ मुलुकका सहभागीलाई जलवायु परिवर्तनसम्बन्धी नेपालको आधिकारिक धारणा बताउने कार्यक्रम रहेको छ । 

कार्यक्रमकै बीच राष्ट्रपतिले पोल्याण्डका समकक्षी सेवास्टियन दुदासँग भेटवार्तासमेत गर्नेछिन् । 

यसअघि राष्ट्रपति भण्डारी कतारको राजधानी दोहा पुग्दा हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत गायत्रीबहादुर पौडेललगायतका अधिकारीले स्वागत गरेकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ