काठमाडौ । नेपाल संस्कृत छात्र परिषद्ले ओली नेतृत्वको सरकार मिसिनरीको एजेन्ट भएको ठोकुवा गरेको छ । प्रदर्शनी मार्गमा बृहत् प्रदर्शन पश्चात् कोण सभामा बोल्दै परिषद्का अध्यक्ष सुशान्त आचार्यले यस्तो आरोप लगाएका हुन् ।
कार्यक्रममा बोल्दै परिषद्का अध्यक्ष आचार्यले नेपाल वैदिक सनातन धर्म मुलुक रहिरहनेछ भनेर ठोकुवा गरे । आचार्यले साधुआउदा कोही डराउनु नपर्ने भन्दै भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई रातो कार्पेट र वैदिक स्वस्तिवाचनका माध्यमबाट स्वागत गरिने बताए ।
कार्यक्रममा वरिष्ठ उपसभापति महेश्वर पौडेलले अभियानको निरन्तरता घोषणा गरे र उनले फेरि पनि हिन्दुत्व जागरण गर्न गाउँ गाउँ जाने घोषणा गरे ।
कार्यक्रम पुतली सडक चोक हुँदै भृकुटीमण्डपचोक सम्म पुगेर पुन: वाल्मीकि विद्यापीठ अगाडि आएर कोण सभामा परिणत गरिएको थियो । प्रदर्शनमा नेपाल संस्कृत छात्र परिषद् का सदस्यहरुले ओली मिसिनरअं सरकार मुर्दावाद,जबरजस्ती बाईबाल थमाउन पाईदैन ,धर्मपरिवर्तनकारी मुर्दावाद भनेर नारा लगाएका थिए ।