सबै तहमा अपाङ्गताको प्रतिनिधित्व सुनिश्चित गराउन कांग्रेस उदासीन
प्रकाशित २०७५ मंसिर १६ आइतबार
694
Shares
काठमाडौ । कांग्रेसको बन्न लागेको नयाँ विधानमा समावेशी समानुपातिक सिदान्त बिपरित अपाङ्गताको सहभागिता हुने ब्यवस्थाबाट पछि हटेको छ । संविधानले दिएको अधिकार बिपरित विधानको मस्यौदा बाहिर आँउदा समेत आठवटै तहमा अपाङ्गता भएका ब्यक्तिको सहभागिताको सुनिश्चता गर्नबाट चुकेको छ ।
सबै भन्दा ठुलो लोकतान्त्रिक र समावेशी पार्टी दावी गर्ने कांग्रेसले यस भन्दा अघिको विधानमा भने तल्लो तहदेखि जिल्ला तहसम्म अपाङ्गता भएका ब्यक्तिको प्रतिनिधित्व सुनिश्चित हुने ब्यवस्था रहेको थियो ।
अन्य ठुला पार्टीहरु भन्दा एक कदम अघि बढ्दै सबैभन्दा पहिला समानुपातिक समाबेशी सिद्धान्त अनुरुप अपाङ्गता भएका ब्यक्तिहरुलाई तल्लो तहबाट सहभागिता गराएको कांग्रेस यस समयमा आएर संविधानको ब्यवस्था भन्दा पनि पछि हटेको छ ।
अन्तराष्ट्रिय अपाङ्ग दिवस मंसिर १७ (डिसेम्वर ३) मा संयुक्त राष्ट्र संघले तय गरेको " अपाङ्गता भएका ब्यक्तिहरुको सशत्तिकरण तथा समावेशीता समानताको सुनिश्चतता" नारा तय गरेर बिश्वभर दिवस मनाइरहदाँ कांग्रेसले भने देशभर १० प्रतिशत भन्दा बढी जनसंख्याको भएको यस समुदायलाई विधानत प्रतिनिधित्व हुने गरि समावेश गर्न भने उदासिन देखिएको छ ।
साथै कांग्रेसको भातृसंगठन लोकतान्त्रिक अपाङ्ग संघले विधानमा टोल, बुथ, देखि केन्द्रीय समितिसम्म संविधानले दिएको अधिकार अनुरुप नयाँ बन्न लागेको सहभागिता सुनिश्चित गर्न दवाव दिने उदेश्यले पार्टी कार्यालय सानेपामा केन्द्रीय समितिको बैठक चलिरहेको अवस्थामा ज्ञापन पत्र बुझाउदै धर्ना समेत दिइरहेको अध्यक्ष भोजराज श्रेष्ठले बताए । साथै उनले यो मागबाट पार्टी पछि हटे आमरण अनसन सम्म जाने गरि आन्दोलन गरिने बताए ।
अपाङ्गता भएका ब्यक्तिहरुको मागलाई सभापति शेर बहादुर देउवा, गगन थापा लगायतका नेताहरुले केन्द्रीय समितिको बैठकमा पहल गर्ने आश्वासन दिए ।