निर्मलाको निम्ति न्याय माग्दै प्रेस युनियन डडेल्धुरा आन्दोलित
धनबहादुर भण्डारी
प्रकाशित २०७५ मंसिर १६ आइतबार
545
Shares
डडेल्धुरा । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको पक्षमा मुलुकभर विभिन्न विरोध प्रर्दशन भइरहेका बेला डडेल्धुरामा पनि दबाबमूलक कार्यक्रम गरिएको छ ।
निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै नेपाल प्रेस युनियन डडेल्धुरा शाखाको अगुवाईमा आइतबार दबाबमूलक र्याली निकालिएको हो । वलात्कार पछि हत्यागरिएकी निर्मलाका दोषिलाई चाडो सार्वजनिक गर्नु पर्ने भनदै प्रेस युनियनले कालो पट्टि सहित सरकारलाई दवाव दिएको जनाएका छन ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, दलका जिल्लास्थित भातृ तथा सुभेच्छुक संगठन लगायतको सहभागीतामा दिँउसो २ बजे तुफानडाँडा देखि बागबजार सम्म दबाबमूलक शान्तिपूर्ण र्याली निकालिएको हो ।
‘दण्डहिनताको अन्त्य गर, निर्मलालाई न्याय दे !’ ब्यानर बोकिएको सो र्यालीका प्रर्दशनकारीहरुले कालोपट्टी बाँधेर समेत निरिह सरकारको बिरोध जनाएका थिए । घटना भएको चार महिना भइसक्दा पनि घटनाको बारेमा सरकारले सत्य, तथ्य सार्वजनिक गर्न सकेको छैन । घटनाका दोषी पत्ता नलाग्दा देशभर सरकारविरुद्ध आन्दोलन भइरहेका छन ।