arrow

झुण्डिएको अवस्था प्रहरी जवान भेटिए

logo
प्रकाशित २०७५ मंसिर १६ आइतबार
nepal-police-logo.png

झापा । इलाका प्रहरी कार्यालय  दमक झापामा कार्यरत एक प्रहरी जवान आइतबार दिउँसो मृत अवस्थामा  भेटिएका छन् । दुई महिना अघि इलाका प्रहरी कार्यालय दमकमा कार्यरत जिल्ला संखुवासभा ,खाँदबारी नगरपालिका वडा नम्बर ३ घर भएका २४ बर्षिय टेकराज पौडेल मृत भेटिएका हुन् ।

दमक ६ मा रहेको इलाका प्रहरी कार्यालय पछाडि तिर्थराज बजगाईको घरमा डेरा बस्दै आएका पौडेल सलको पासो लगाई आफ्नै कोठामा झुण्डिएर मृत अवस्थामा फेला परेको प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाले जानकारी दिएका छन ।

डेरामा एक्लै बस्दैआएका पौडेल विहान ड्यूटी सकेर डेरा आएकाथिए । दिउँसो  १२ वजे उनी मृत भेटिएको  घरधनी वजगाईले बताए । आत्महत्या गर्नु अघि श्रीमतीसंग उनको मोवाइलमा  कुराकानी  भएको हुन सक्ने घरधनी वजगाईको अनुमान छ ।

तीन वर्ष अघि प्रहरी सेवामा प्रवेश गरेका पौडेलका श्रीमती इन्दु धनकुटास्थित लेगुवा हुलाक कार्यालयमा कार्यरत रहेको बताईएको छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ