arrow

निर्मलाको न्याय माग्दै कञ्चनपुरमा नेकपा विप्लवको प्रदर्शन

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७५ मंसिर १६ आइतबार
biplab-nirmala.jpg

कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी  निर्मला पन्तको न्यायका लागि भन्दै नेपाल कम्युनिष्ट पाटी (विप्लव)ले महेन्द्रनगरमा प्रदर्शन गरेको छ । आइतबार दिउँसो कञ्चनपुरको पुरानो प्रशासन कार्यालयदेखि जुलुस शुरु गरेर महेन्द्रनगर बजारमा प्रदर्शन गरेका छन् ।

चार महिना वितिसक्दा पनि सरकारले निर्मलाका हत्यारा सार्वजनिक नगरेको भन्दै नेकपाले दवाव स्वरुप प्रर्दशन गरेको जनाएको छ । नेकपा कञ्चनपुरका सचिव राजेन्द्र विष्ट(परिर्वतन)ले न्यायका लागि कञ्चनपुर लगायतदेशैभर प्रर्दशन गरिएको बताए । नेकपा विप्लवका कार्यकर्ताले पार्टीको नारा तथा सरकार विरोधी नारा लगाएका थिए । साथै चार महिना बितिसक्दा समेत बलात्कारी पत्ता लगाएन नसकेको भन्दै गृहमन्त्रीको राजिनामा मागेका छन् ।

उनका अनुसार केही बेरमा प्रर्दशन पछि महेन्द्रनगरको स्मारकमा जनसभा गरिने छ । जनसभामा नेकपाका केन्द्रीय सदस्य देविदत्त पाण्डे, पोलिट्ब्यूरो सदस्य ओम पुन लगायतले सम्बोधन गर्नेछन् ।

महेन्द्रनगर विभिन्न क्याम्पसबाट आएका विद्यार्थी, शिक्षक, अधिकारकर्मी, विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता समेत विप्लवको प्रर्दशनमा सहभागि भएका थिए । अधिकाँस विद्यार्थी विद्यालयको युनिफममै सहभागि भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ