arrow

हिमालयन सुगर मिलमा श्रमिक समिति गठन

logo
अषिश कुमार साह,
प्रकाशित २०७५ मंसिर १६ आइतबार
himal-sugar.jpg

सिरहा । सिरहाको चन्द्रोदयपुरमा संचालनमा रहेको हिमालयन सुगर मिलमा श्रमिकहरुको साझा संगठनको रुपमा आइतवार नेपाल कारखाना श्रमिक एकाई समिति गठन भएको छ ।

उक्त समितिको अध्यक्षमा मनोज कुमार यादव, उपाध्यक्ष श्रीपतिलाल महतो, सचिव पुरुपल चौधरी, सह–सचिव नरेन्द्र झा, कोषाध्यक्ष रामउदगार यादव, सदस्यहरुमा लक्ष्मण यादव, विवेक चौरसिया, जितु वस्नेत, संतोष यादव, गणेश कुमार यादव, रामभरोसी गडेरी, अनिल खत्री, लालबाबु यादव तथा सल्लाहाकारमा कामेश्वर यादव र जय नारायण झा चयन भएका छन् ।

नेपाली कांग्रेस महासमिति सदस्य अमर रेग्मीको प्रमुख अतिथ्य र ट्रेड युनियन कांग्रेस सिरहा अध्यक्ष संजीव उपाध्याय, नेपाल कृषि श्रमिक संघका केन्द्रिय उपाध्यक्ष किरण रायको उपस्थितीमा उक्त समिति गठन भएका छन् । नव गठित समितिका पदाधिकारीले अगाडी दिनमा संगठन विस्तार र सामुहिक सौदाबाजी शिक्षा कार्यक्रम संचालन गर्ने जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ