arrow

स्वास्थ्य चौकी तथा खानेपानी योजना समुदायलाई हस्तान्तरण

logo
प्रकाशित २०७५ मंसिर १६ आइतबार
pani.jpg

रामेछाप । २०७२ सालको विनासकारी भुकम्पबाट अतिप्रभावित १४ जिल्लाका समुदायमा आवास सँगसंगै क्षति भएका खानेपानी सरसफाई तथा स्वच्छता, स्वास्थ्य, जिविकोपार्जन तथा संस्थागत क्षमता विकासका लागि एकिकृत रुपमा लाभान्वित हुनेगरी रेडक्रसले लागु गरेको कार्यक्रम नै भुकम्प प्रतिकार्य कार्यक्रम हो ।

यस अभियानमा रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्टिय महासंघ मार्फत धेरै देशका राष्टिय सोसाइटीले सहयोग गरेका छन् । भविष्यमा विपदको सामना गर्नसक्नेगरी उत्थानशिल समुदाय निर्माण तथा विपन्न र संकटासन्न समुदायलाई मानवीय सहायता पुर्याई पहिला भन्दा अझ सुरक्षित र सक्षम बनाउँनु कार्यक्रमको कार्यक्रमको उद्धेश्य तथा लक्ष्य हो । यहि लक्ष्य अनुरुप आवास, खानेपानी, सरसफाई तथा स्वच्छता, जिविकोपार्जन र स्वास्थ्य क्षेत्रमा अन्तर विषयका मुद्दालाई समेत समाहित गर्दै कार्यक्रम संचालन भैरहेका छन् ।

नेपाल रेडक्रस सोसाइटी भुकम्प प्रतिकार्य कार्यक्रमको सहयोगमा जिल्लाको साबिकको रामपुर ४ मा निर्माण सम्पन्न लिना खानेपानी योजना सम्पन्न भई हस्तान्तरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । योजनाको हस्तान्तरण  शाखा सभापति शिब कुमार कार्कीले लिना खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सन्त बहादुर मगरलाई हस्तान्त्रण गरे ।

 कार्यक्रममा बोल्दै सभापति कार्कीले लिना गाउँमा देखिएको पानीको अभावको अवस्थालाई अन्त्य गर्नको लागि परियोजना तथा स्थानीयको सक्रियतामा योजना सम्पन्न गरेकोमा खुसी व्याक्त गरे । कार्यक्रममा बोल्दै रामेछाप नगरपालिका वडा नं ५ का वडा अध्यक्ष भिम बहादुर तामाङले वडाको बिकाश निर्माण कार्यको लागि रेडक्रसले गरेको सहयोगको स्रहाना गर्दै छोटो अवधीमा रेडक्रसले पुराएको वडाको बिकाशमा दीर्घकालिन रुपमै सहयोग गरेको भन्दै धन्यावाद दिए ।

मन्तव्य राख्दै भुकम्प प्रतिकार्य कार्यक्रम रामेछापका जिल्ला कार्यक्रम संयोजक जयराम बस्नेतले योजना सम्पन्न भैसकेको र यसलाई अव संरक्षण र व्यवस्थापनको जिम्मा समूदायलाई दिएको भन्दै यसलाई दिगो रुपमा व्यवस्थापन गर्न र पानीको दैनिक प्रयोगसँग पानीको प्रयोग आयआर्जनका काममा लगाउन सके समुदाय आर्थिक रुपमै सबल बन्ने कुरामा बिश्वास व्याक्त गरे । लिना गाउँका २१ घरघुरीका १५७ जना लाभाम्बित जनसंख्यामा एक घर एक धारा जडान गरिएको उक्त योजनामा रेडक्रस को रु. १२ लाख ४१ हजार ५४९ लागत तथा प्राबिधक सहयोग र समुदायको रु. ३ लाख २१ हजार ८८२ गरि कुल रु. १५ लाख ६३ हजार ४३१ रुपैया लागतका योजना सम्पन्न भएको कार्यक्रमका वास अधिकृत जयनारायण चौधरी ले जानकारी दिए ।

त्यसैगरी शनिबार नै भुकम्प प्रतिकार्य कार्यक्रमले रामपुरकै रामपुर स्वास्थ्य चौकीको पुनःस्थापित भवन तथा वर्थिङ्ग सेन्टरसँग सम्बन्धित सामाग्री  एक कार्यक्रमका बिच वडा कार्यालयलाई हस्तान्त्रण गरेको छ । कुल १७ लाख २५ हजार रुपैयामा निर्माण सम्पन्न भवन तथा अन्य सामाग्री रेडक्रस रामेछापमा सभापति शिब कुमार कार्कीले रामेछाप नगरपालिका वडा नं ५ का अध्यक्ष भिम बहादुर तामाङ्गलाई हस्तान्त्रण गरे ।

हस्तान्त्रण कार्यक्रममा बोल्दै सभापति कार्कीले यो योजना परियोजनाकै गौरबको रुपमा रहेको भन्दै अब रामपुरका गर्भवती महिला आफ्नै गाउँमा सुत्केरी हुन सक्ने पुर्वाधार सम्पन्न अवस्थामा पुगेको भन्दै स्वास्थ्य जस्तो अत्यावश्यक सेवामा सहयोग गर्न पाउँदा रेडक्रस आफै गौरवाम्बित भएको बिचार व्याक्त गरे । सो अवसरमा बोल्दै वडा अध्यक्ष भिम बहादुर तामाङ्गले रेडक्रसले परियोजना मार्फत आवास निर्माण, खानेपानी सरसफाई, जिविकोपार्जन लगायतको क्षेत्रमा पुराएको सहयोगबाट समूदायमा महसुस गर्ने गरि सकारात्मक परिवर्तन आएको भन्दै स्वास्थ्य चौकीको पुनःस्थापित भवन तथा सामाग्रीले ले तत्काललाई बर्थिङ्ग सेन्टरको रुपमा काम गर्न सहज बन्ने बिश्वास गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ