arrow

८० वर्षमा नागरिकता

logo
हाम्रा कुरा
प्रकाशित २०७५ मंसिर १६ आइतबार
kirte-citizenship.jpeg

रुकुम पूर्व । भुमे गाउँपालिका– ६ महतका प्रवासी बुढाले ८० वर्षको उमेरमा नागरिकता प्राप्त गरेका छन् ।  जिल्ला प्रशासन कार्यालयले सञ्चालन गरेको घुम्ति शिविरमा बुढालाई नागरिकता वितरण गरिएको हो । “असी वर्षमा गाउँमै नागरिकता पाउँदा निकै खुशी लागेको छ”, उनले भने । नागरिकता नभएकै कारण उनि वृद्धभत्ताबाट समेत बञ्चित भएका छन् ।

यसअघि शिविरमार्फत भुमे गाउँपालिका– १ लुकुमका फुर्कु गुरुङले ८४ वर्षको उमेरमा नागरिकता प्राप्त गरेका थिए । सार्वजनिक बिदाको दिन जिल्ला प्रशासनले ग्रामीण भेगमा घुम्ति शिविर सञ्चालन गर्दै आएको छ ।

 भुमे गाउँपालिका– १ लुकुम, २ खाबाङ, ६ महत र ७ धर्मशाला गुनाममा शिविरमार्फत हालसम्म १५३ जनालाई नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ