सिद्धार्थ राजमार्ग सडक मर्मत : तीन दिन दिउँसो सवारी प्रवेशमा रोक
आचार्य प्रदीप,
प्रकाशित २०७५ मंसिर १७ सोमबार
427
Shares
बुटवल। सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्डको मर्मत सम्भार सुरु भएको छ । ठाउँ ठाउँमा गएको पहिरो ढुंगा हटाउन खाल्टाखुल्टी पुर्न पर्ने भएका कारण ३ दिन सम्म दैनिक ६ घण्टा यो सडकमा यातायात सन्चालमा रोक लगइएको छ । सोमबार मंसिर १७ गतेदेखि १९ गतेसम्म बाटो बन्द हुने भएको छ ।
सडक डिभिजन कार्यालय पाल्पाका अनुसार पाल्पा–बुटवल सडक खण्डको चिडियाखोला देखि भुतखोला सडक खण्ड केरावारि देखि बुटवलको चिडियाखोलासम्मको सडकमा रहेको ढुंगा फुटाएर हटाउनुपर्ने भएकाले मंसिर १७ गतेदेखि १९ गतेसम्म बिहान १० बजेदेखि साँझ ४ बजेसम्म बाटो बन्द रहनेछ । प्रहरीका अनुसार यो बाटो ३ दिन मर्मत सम्भारका लागि बन्द गरिएको हो ।
रुपन्देहीको भैरहवा , बुटवल , पाल्पाको , तानसेन , राम्दी स्याङजा हुदै पोखरा पुग्ने यो सिद्धार्थ राजमार्ग अत्यन्त महत्वपूर्ण सडक हो । यहाँ दैनिक सयौँ सवारी साधन ओहेरदोहर गर्दछन् ।
सो सडकखण्डमा बाटो अत्याधिक बिग्रिएका कारण मर्मत गर्नुपर्ने र सडकको ढुंगा हटाउनुपर्ने भएकाले बाटो बन्द गर्नुपरेको डिभिजन सडक कार्यालय पाल्पाले जानकारी दिएको छ । यो सडकमा सवारी चलाउन निकै गरो रहेको चालक मान बहादुर वगाले बताउछन् ।
कतिपय बटुवाहरुलाई सडक मर्मत कार्य बारे जानकारी नभएको कारण समस्या भएको बताउछन् । भारतको बम्बैबाट आएका एक यात्रु याम बहादुर थापाले भने –‘पैदल नै गन्तब्य तिर जादै छु । बाटो बन्द भन्ने हामीलाई थाहा भएन ।’
केराबारी देखी चिडिया खोला सम्म अत्यावश्यकीय सवारी साधन बाहे अन्य सवारी साधन पूर्ण रुपमा बन्द गरी मर्मत सम्भार कार्य हुने डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ ।
सिद्धबाबा सडक खण्डको यात्रालाई सुरक्षित बनाउनेबारे बुटवलमा सरोकारवाला बिच पटक पटक छलफल भए पनि निकास निस्केको छैन । यो सडकमा अहिले भएको मर्मत सामान्य मर्मत हो । यो क्षेत्रको कवि ३ किलो मिटर सडक अत्यन्त जोखिम पूर्ण छ । यहाँ दैनिक चल्ने तिन सय बढि टिप्परले गर्दा पनि सडक ठाउँ ठाउँमा निकै बिग्रीएको छ ।