सरकारले निर्मलाको पोस्टर च्यात्यो, जनता भने टास्ने अभियानमा
प्रकाशित २०७५ मंसिर १७ सोमबार
306
Shares
काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तलाई न्यायको माग गर्नेलाई पक्राउ गर्न र टासेको पोस्टर च्यात्ने काम सरकारबाट भएपछि सार्वजनीक सवारी साधनमा पोस्टर टास्न थालिएको छ । सार्वजनीक यातायतमा उपत्यका भित्र गुड्ने बस तथा माइक्रो र उपत्यकाबाट बाहिर जाने लामो दुरीका यात्रु बसहरुमा सो पोष्टर टासिएको हो ।
सो अभियान चमेना ग्रह, मोटरबाइक ट्याक्सीलगायतमा पनि सुरु गरिएको छ । सरकारले बलात्कारपछि हत्या भएको चार महिना भइसक्दा पनि अहिलेसम्म बलात्कारी र हत्यारा पक्राउ गरेको छैन । नागरिक समाज, विद्यार्थी तथा विभिन्न पार्टी यतिबेला तातेको छ हत्यारा पक्राउ गरी कार्वाही गर्न सरकारलाई दबाब दिन।
जताततै केपी ओलीका तस्वीर रहेका पोष्टर टाँसेर जिस्काएको सरकारको यो रबैयाप्रति यातायातमा निर्मलाको तस्वीरसहितको पोष्टरमा 'सरकार भेटियो न्याय भेटिएन' लेखिएको छ ।