arrow

निर्मलाको न्यायका निम्ति जुटे सिन्धुलीका युवा

logo
प्रकाशित २०७५ मंसिर १७ सोमबार
sindhuli-nirmala.jpg

सिन्धुली । निर्मला बलात्कार तथा हत्या प्रकरणको झण्डै पाँच महिना वित्न लाग्दा पनि अपराधी नसमातिनुले यो घटनालाई झनै रहस्यमय बनाउदै लगेको छ । कञ्चनपुरका मात्र हैन काठमाडौं लगायत देशभरका जनताले सो घटनाको यथार्थ लुकाइएको आरोप प्रहरी प्रशासन र सरकारलाई लगाएका छन् ।

दिन दुई गुण रात चौ गुण को जस्तो यसले देश तथा विदेशमा चासो र चिन्ता जन्माएको छ । त्यसैको असर अब देशका अन्य जिल्लामा देखिन थालेका छन । विद्यार्थी, वयस्क र वृद्धहरु स्वयं स्वतस्फूर्त निर्मलाको निम्ति न्याय अभियानमा सहभागी भएका छन ।

सिन्धुली जिल्लाका युवाहरुले सोमबार सदरमुकाममा यो अभियानलाई औपचारिक सुरुवात गरेका छन् । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा रहेको लोकतान्त्रिक चौतारा,शान्तिनगर चोकको यात्रु प्रतिक्षालय,बजारमा चल्ने अधिकांश अट्टो र भित्ता तथा पोलहरुमा निर्मलाको तस्बिर भएको "सरकार भेटियो-न्याय भेटिएन" भन्ने पम्पलेट टाँसेका छन् ।

निर्मला स्वयं विद्यार्थी भएको कारणले पनि र आफुहरु पनि विद्यार्थी भएकाले चेतनशील भएका कारण यो अभियान सुचारु गरेको सहभागी युवाहरुले बताएका छन् । निर्मला पन्तको बलात्कार र हत्या नेपाली समाजको लागि डरलाग्दो रुपमा स्थापित भएको र यसले समाजलाई नै अराजकता र अस्थिरता तर्फ उन्मुख गराएको उनिहरुले बताए ।

अभियानका युवाहरुले भने  'देशमा निर्मलाको न्यायको लागि यति विशाल आवाज गुञ्जिदा पनि सरकार उदासिन हुनु विडम्बना हो । अब यो प्रकरणमा सरकारले अपराधी पत्ता लगाएर अपराधी लाई कारवाही गरेर निर्मलालाई न्याय नदिए हामी सिन्धुली जिल्लाको हरेक स्थानिय तहमा आवाज लिएर पुग्छौ ।'

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ