थप बयानका लागि सिके राउतलाई रौतहट पठाउने सर्वोच्चको फैसला
प्रकाशित २०७५ मंसिर १७ सोमबार
336
Shares
काठमाडौँ ।सर्वोच्च अदालतले राज्यविरुद्धको सङ्गठित कसुर मुद्दामा पक्राउ परेका सिके राउत (चन्द्रकान्त)को बन्दीप्रत्यक्षीकरण निवेदन खारेज गरेको छ ।
न्यायाधीशद्वय दीपकराज जोशी र बमकुमार श्रेष्ठको इजलासले आज राउतसम्बन्धी बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो । न्यायाधीशद्वयको आदेशमा भनिएको छ, ‘राउतविरुद्ध रौतहट जिल्लामा दर्ता भई विचाराधीन रहेको राज्यविरुद्धको सङ्गठित कसुर अपराधको मुद्दामा बयानका लागि उपस्थित गराउनु ।’ सर्वोच्च अदालतले राउतलाई थप बयानका लागि रौतहट नै पठाएको छ ।
स्वतन्त्र मेधशका विषयमा राज्यविरुद्धका वक्तव्य दिएको भन्दै प्रहरीले पक्राउ गरी राउतविरुद्ध रौतहटमा मुद्दा चलाएको थियो । सोही क्रममा राउतले धरौटी वा साधारण तारेखमा थुनामुक्त गर्न माग गर्दै गत कात्तिक १२ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेका थिए । रासस