नेकपामा एमाले–माओवादी धङधङी, प्रदेश कमिटिमा पूरै भागबण्डा (सूचीसहित)
प्रकाशित २०७५ मंसिर १८ मंगलबार
809
Shares
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अझ पूर्ण रुपले नेकपा भइनसकेको अवस्थामा पछिल्लो पटक भएको भागबण्डाले कुनै पनि समय पार्टीमा विचलन आउँछ भन्ने देखाउँदै गएको छ ।
पार्टी एकता सम्पन्न भएको ६ महिनापछि नेकपाले प्रदेश एकीकरणलाई पूर्णता दिने क्रममा एमाले र माओवादी केन्द्र भन्दै भागबण्डा गरिएको छ ।
सोमबार सार्वजनिक नेकपाका सातवटै प्रदेश कमिटी सदस्यहरूमा साविक एमाले र साविक माओवादी केन्द्र भनेरै तोकिएको छ ।
महासचिव विष्णु पौडेलले सोमबार विज्ञप्तिमार्फत सबै प्रदेशका पदाधिकारी र सदस्यको नामावली सार्वजनिक गरेका हुन् । १२ मंसिरको केन्द्रीय सचिवालय बैठकले प्रदेश संगठन कमिटीका सदस्यको नाम टुंगो लगाएको थियो ।