arrow

गाडीलाई साइड दिँदा खस्यो मोटरसाइकल, एकको मृत्यु 

logo
रामचन्द्र रायमाझी 
प्रकाशित २०७५ मंसिर १८ मंगलबार
accident-final.jpeg

पाल्पा । पाल्पा–बुटवल सडकखण्ड अन्तर्गत पर्ने सिद्धबाबा हेडबक्स नजिकै मोटसाईकल दुर्घटना भएको छ । बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु ३० प ४१९३ नम्वरको मोटसाइकल तिनाउ गाउँपालिका ३ हेडबक्स नजिकै दुर्घटना भएको हो । दुर्घटनामा  मोटरसाईकल चालक तानसेन नगरपालिका ९ का ३७ वर्षका गणेश रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

मोटसाईकल सडकदेखि एक सय मिटर तल तिनाउ नदीमा खसेको हो  । मोटसाईकलसँगै खसेका रेग्मीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  

गाडीलाई साइट दिने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विनोद घिमिरेले जानकारी दिए । मृतकको शवलाई पोष्मार्टमको लागि जिल्ला अस्पताल पाल्पामा ल्याएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ