arrow

१६ बर्षीया युवतीमाथि करणी गर्न खोज्नेलाई कार्वाही खोई ? 

logo
दिपेन्द्र बस्नेत
प्रकाशित २०७५ मंसिर १८ मंगलबार
mahila-hinsa-rally.jpg

पुनर्वास । कञ्चनपुरको दक्षिणी सिमान्त पुनर्वास नगरपालिका वडा नं १० का स्थानियले बलात्कार विरुद्ध र्यालीको आयोजना गर्दै दोषीलाई कडा कार्वाहीको माग  गरेका छन् । स्थानिय सिर्जनशील युवा समूहको नेतृत्वमा र्याली निकालिएको हो । 

एक साताअघि १६ वर्षिया युवतीमाथि अपरिचित ब्यक्तिले राति घरभित्र पसेर बलात्कारको प्रयास गरेकोले बलात्कारीलाई सजायको माग गर्दै र्याली निकालिएको सिर्जनशील युवा समूहका संयोजक नरेन्द्र गुरूङ्गले बताए ।

दिन प्रतिदिन बलात्कारको घटना बढ्दै गएको र स्थानिय निकायले नियन्त्रणका लागि कुनै काम कार्बाही नगरेकाले जनप्रतिनिधिहरूलाई यसप्रति ध्यानाकर्षण गराएका थिए ।

स्थानियवासीको र्याली वार्ड नम्बर १० को वार्ड कार्यालय अगाडि कोण सभा गरि समापन गरिएको थियो । 

अपराधी पत्ता लगाई दोषी उपर कार्बाही नभए आगामी दिनमा वार्ड कार्यालयमा तालाबन्दीसमेत गरिने स्थानियहरूले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ