arrow

कांग्रेस नेतृ लिम्बुको सम्मानमा श्रद्धाञ्जली 

logo
विजय राई, 
प्रकाशित २०७५ मंसिर १८ मंगलबार
congress111.JPG

धनकुटा । धनकुटाका वरिष्ठ समाजसेवी तथा चौविसे गाउँपालिका वडा नं. ७ निर्वाचित वडा सदस्य कांग्रेस महिला नेतृ स्वर्गीय सन्तकुमारी  लिम्बुको सम्मानमा मंगलबार नेपाली कांग्रेसले मौनावुधुकमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरी पूर्व प्रधान मन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको समवेदना पत्र  प्रदान गरेको छ ।

देउवाले पठाएको समवेदना पत्र प्रदान गर्दै उक्त श्रद्धाञ्जली कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति अग्नीप्रसाद पौडेलले कांग्रेस धनकुटाका नेतृ तथा समाजसेवी स्वर्गीय सन्तकुमारी लिम्बुको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको बताए । 

यसैगरी प्रदेश नम्वर १ सांसद लिला सुब्बाको सामाजिक अभियन्ता तथा राजनीतिकर्मी स्वर्गीय लिम्बुको सपना पूरा गर्न सबैले लाग्नु पर्नेमा जोड थियो ।

नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, महासमिति सदस्यहरु ललितबहादुर चेम्जोङ्ग दुर्गाबहादुर सुवेदी, जिल्ला सदस्यहरु देवेन्द्र श्रेष्ठ, हर्कमान चेम्जोङ्ग, क्षेत्रिय सभापति जितेन्द्र राई, पूर्व जिल्ला सदस्य पदम राई, नेकपाका प्रतिनिधि धनबहादुर लिम्बु, संघिय समाजवादी फोरम नेपाल धनकुटाका नेता कृष्ण गोविन्द चेम्जोङ्ग, महिला संघका क्षेत्रिय कोषाध्यक्ष संगिता बराल लगायतले धनकुटाका वरिष्ठ समाजसेवी तथा चौविसे गाउँपालिका वडा नं. ७ निर्वाचित वडासदस्य कांग्रेस महिला नेतृ स्वर्गीय सन्तकुमारी लिम्बुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीप्रति साँचो अर्थमा श्रद्धाञ्जली व्यक्त गर्नका लागी उनले थालेको सामाजिक कामहरुलाई पुरा गर्न सवै लाग्नु पर्ने बताउदै उनको निधनले समाजिक, राजनैतिक क्षेत्रमा अपुरणीय क्षति पुगेको बताए । 

नेपाली कांग्रेस चौविसे गाउँपालिका वडा नं. ७ मौनावुधुका सभापति सुरेन्द्र चेम्जोङ्गको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा सभापति देउवाले पठाएको समवेदना पत्र, नेपाली कांग्रेस धनकुटाको जिल्ला, क्षेत्र, गाउँपालिका तथा वडा समितिका समवेदना पत्र समाजसेवी राजनितिज्ञ स्वर्गीय सन्त कुमारी लिम्बुको परिवारजनलाई प्रदान गरिएको थियो ।
यसैगरी समाजसेवी तथा चौविसे गाउँपालिका वडा नं. ७ का वडा सदस्य स्वर्गीय सन्तकुमारी लिम्बुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै चौविसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राई, उपाध्यक्ष यज्ञकुमारी रुचाललगायत गाउँपालिकाका परिवाजन र दर्जनौ विभिन्न समाजिक संघ सस्थाहरुले समेत समवेदना पत्र परिवाजनलाई प्रदान गरेका थिए ।

धनकुटाकी वरिष्ठ समाजसेवी तथा चौविसे गाउँपालिका वडा नं. ७ निर्वाचित वडा सदस्य कांग्रेस महिला नेतृ स्वर्गीय सन्तकुमारी लिम्बुको मंसिर १० गते उच्च रक्तचापको कारण ५७ बर्षको उमेरमा असामयिक निधन भएको थियो ।
   


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ